१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १७:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीकाे दाबी- गठबन्धनका कारण ध्वस्त अर्थतन्त्र एमालेले मात्रै सुधार्न सक्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:१७:oo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका कारण ध्वस्त भएको देशको अर्थतन्त्र आफ्नाे पार्टी मात्रै सुधार्न सक्ने दाबी गरेका छन्।  

एमालेको नेतृत्वमा सरकार रहँदासम्म आर्थिक विकास उल्लेख्य रूपमा भइरहेको अवस्थामा गठबन्धनको नेतृत्वमा सरकार बनेपछि देशको अर्थतन्त्र संकटग्रस्थ बनेको उनले बताए।

उनले अब एमालेको सरकार बनेपछि मात्रै अर्थतन्त्र सुधार हुने दाबी गरे। देशको अर्थतन्त्र धान्न नसक्ने अवस्थामा पुगिसकेको बताउँदै अध्यक्ष ओलीले रुबीभ्यालीजस्तो पर्यटकीय क्षेत्रहरूको विकास र प्रवर्द्धनमा ध्यान दिन सके आर्थिक अवस्थामा सुधार आउने बताए। 

नेकपा एमालेको मिसन ग्रासरुट कार्यक्रमअन्तर्गत धादिङको उत्तरी क्षेत्रमा पर्ने पर्यटकीय स्थल रुबीभ्यालीमा आयोजित जनसभा तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले ५० वर्ष अगाडि जेलमा रहँदा नै रुबीभ्यालीको बारेमा सुनेको स्मरणसमेत गरे।
 
पहिलोपटक रुबीभ्यालीमा पाइला टेकेको भए पनि रुबीभ्यालीमा आइने पत्थरहरूको विशेषताको बारेमा व्याख्या गर्दै रुबीभ्यालीमा पाइने रुबी ढुंगा, सिलाजितलगायतका बहुमूल्य पत्थरहरू संकलन गरेर सुरक्षित राखिरहेको बताए।

यस्ता बहुमूल्य पत्थरहरू र खनिज पदार्थ पाइने ठाउँको विकास गर्न सरकारमार्फत आवश्यक बजेट व्यवस्थापनमा पहल गर्ने उनले बताए।

धादिङबेँसीदेखि रुबीभ्यालीसम्मको बाटोलाई डबल लेनसहित स्तरोन्नति गराउने कामलाई पहिलो प्राथमिकतामा राख्ने उनले बताए। रुबीभ्यालीको सबैभन्दा चर्चित पर्यटकीयस्थल पाङसाङपाससम्म सडक सञ्जाल पुर्‍याउन सकिने र आफू त्यस क्षेत्रको विकासमा निरन्तर लागिरहने उनले बताए। 

नेपाल र चीनसँग जोड्ने सीमा पनि रुबीभ्यालीमै पर्ने भएकोले यसले जनतालाई केरुङसम्म जाने, व्यवसाय सञ्चालन गर्ने नाकाको व्यवस्था मिलाउन पहल गर्ने उनले बताए। 

धादिङको उत्तरी क्षेत्रमा पर्ने पर्यटकीयस्थल रुबीभ्यालीमा आयोजित जनसभा तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्न आइतबार हेलिकाेप्टरमार्फत त्यहाँ पुगेका ओलीले रुबीभ्यालीको पर्यटकीय स्थलहरूको पनि अवलोकन गरे।