१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २६ आइतबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत २६ आइतबार o९:१२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

११ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सकियो सहकारी महासम्मेलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत २६ आइतबार o९:१२:oo

काठमाडौंमा शनिबार सम्पन्न तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहकारी क्षेत्र लाग्नुपर्ने उल्लेख गरेको छ । त्यसैगरी, वातावरणमैत्री कृषि, उत्पादनमा वृद्धि, निर्यात प्रवर्द्धन र रोजगारी सिर्जना गर्न सार्वजनिक–निजी र सहकारी साझेदारी मोडललाई अगाडि बढाइने घोषणापत्रमा उल्लेख छ ।

कृषि र पशुजन्य क्षेत्रको प्रवर्द्धन एवं ठूला कृषि फार्मको स्थापना, कृषिजन्य वस्तु तथा सेवाको मूल्य तथा आपूर्ति शृंखला विकास गरी सहकारीको ब्रान्ड प्रवर्द्धन गर्ने जनाइएको छ । 

त्यसैगरी, सहकारी सिद्धान्त, मूल्य, मान्यता र विधिको परिपालना गरी सहकारीको पहिचान स्थापित गर्न सहकारी संस्थाहरूमा स्वनियमन र सुशासन कायम गर्दै सदस्यकेन्द्रित व्यवसायका माध्यमबाट गुणात्मक सहकारी अभियान निर्माणमा प्रतिबद्धता जनाइएको छ ।

अप्ठ्यारोमा सहकारीले जोगाउँछ अर्थतन्त्र : पूर्वप्रधानमन्त्री ओली

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र अप्ठ्यारो परेका वेला जोगाउने सहकारी भएको बताएका छन् । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आयोजनामा भएको तेस्रो सहकारी सम्मेलनको समापनमा बोल्दै अध्यक्ष ओलीले सहकारी सञ्चालन गर्न नजान्दा पनि समस्या आएको बताए ।

‘अहिले सहकारी जति बदनामी भएको छ, अब बदनामी हुन नपाओस्,’ उनले भने, ‘कृषि क्षेत्रमा बढी जनसंख्या आश्रित भए पनि जमिनको अभाव भएकाले परम्परागत खेती गर्दा कृषि उत्पादनमा मुलुक आत्मनिर्भर हुन नसकेको हो ।’ थोरै पुँजीलाई सही सदुपयोग गर्दा राम्रो उपलब्धि हासिल गर्न सकिने उनको भनाइ छ । कुल जनसंख्याको ६० प्रतिशत जनसंख्यालाई कृषिको क्रान्तिमा जोड्न सके मुलुकको खाद्यान्नमा आत्मनिर्भर हुन सक्ने पूर्वप्रधानमन्त्री ओलीले बताए ।