१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ चैत २४ शुक्रबार १५:५०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपचारका लागि लगिएका जलेश्वर कारागारका थुनुवा फरार

Read Time : < 1 मिनेट
२०७९ चैत २४ शुक्रबार १५:५०:००

उपचारका लागि मेडिकल लगिएका जलेश्वर कारागारका एक थुनुवा फरार भएका छन् । जनकपुरस्थित सुविधा मेडिकल लगिएका थुनुवा शुक्रबार अपराह्न फरार भएका हुन्। 

गत भदौ २६ गते अपहरण, शरीर बन्धक र ज्यानसम्बन्धी कसुर, चोरी, आपराधिक षड्यन्त्र मुद्दामा पुर्पक्षमा रहेका लोहारपट्टी नगरपालिका– ४ खुट्टा पिपराढीनिवासी २३ वर्षीय कृष्णकुमार यादव फरार भएका हुन् ।

कारागारबाट उपचारका लागि पाँचजना थुनुवालाई लिएर सात प्रहरी जनकपुर गएका थिए। फरार थुनुवाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता दिलीपकुमार गिरीको भनाइ छ ।

टाउको र खुट्टाको समस्या रहेको र खुट्टामा स्टिलसमेत राखेका यादव बैसाखीको सहारामा हिँडडुल गर्थे ।