१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २४ शुक्रबार
  • Monday, 07 July, 2025
२o७९ चैत २४ शुक्रबार ११:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गौतमबुद्ध अन्तर्राष्ट्र्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै उद्योगी–व्यवसायीद्वारा धर्ना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत २४ शुक्रबार ११:१o:oo

गौतमबुद्ध अन्तर्राष्ट्र्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै भैरहवाका उद्योगी–व्यवसायीले  विमानस्थल गेटमा धर्ना दिएका छन् ।उद्योग व्यापार संगठन रुपन्देहीको समन्वयमा विभिन्न ४४ वटा संघसंस्थाको सहभागितामा धर्ना कार्यक्रम गरिएको संगठनका अध्यक्ष अनिल ज्ञवालीले जानकारी दिए ।

यो कार्यक्रम सुरुवात र सांकेतिक मात्र भएको उनले बताए । विमानस्थल नियमित सञ्चालनका लागि दबाब दिन आगामी दिनमा कडा कार्यक्रम गर्ने उनले चेतावनी दिए । 

संगठनले अघिल्लो हप्ता विमानस्थल नियमित सञ्चालन गर्ने अवस्थाको सिर्जना गर्न के–कस्ता दबाबमूलक कार्यक्रम गर्न सकिन्छ भन्ने विषयमा विभिन्न संघसंस्थाहरूसँग सुझाव लिएको थियो । उक्त कार्यक्रममा सहभागीले विमानस्थल सञ्चालन गर्न दबाब दिन धर्ना कार्यक्रमदेखि लिएर विमानस्थलको रनवेमा सुत्ने र भैँसी चराउनेसम्मका आन्दोलन गर्न सुझावसँगै सरकारलाई चेतावनी दिएका थिए । 

०७१ गत माघ १ गते अर्थात् (३१ डिसेम्बर २०१४ ) का दिन तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले विमानस्थल निर्माण कार्यको शिलान्यास गरेका थिए । विमानस्थलको शिलान्यास भएसँगै रुपन्देहीमा हालसम्म पर्यटन व्यवसायीहरूले करिब ३० अर्ब रुपैयाँ होटेलमा लगानी गरेको सिद्धार्थ होटेल एसाेसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताए । ‘विमानस्थललाई हेरेर व्यवसायीले ठूलो लगानी गरे, अहिले बैंकको ब्याज तिर्न नसक्ने अवस्थामा छन्, कसरी बाँच्ने,’ श्रेष्ठले भने ।

उद्योगी–व्यवसायीलाई बचाउनकै लागि पनि विमानस्थल नियमित सञ्चालन गर्नुपर्ने होटेल तथा रेस्टुरेस्ट व्यवसायी संगठनका अध्यक्ष पीताम्बर न्यौपानेले बताए । गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा बौद्ध धर्मावलम्बीहरूलाई भित्र्याउने उद्देश्यले निर्माण गरिएको विमानस्थलबाट विदेशमा रोजगारीका लागि जाने–आउने विमानस्थल बनाउनु गलत भएको संगठनका अध्यक्ष न्यौपानेले बताए ।

गौतमबुद्ध विमानस्थललाई भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा बौद्धमार्गीहरूलाई भित्र्याउने गरी योजना बनाएर काम गर्नुपर्ने होटेल व्यवसायी महासंघ नेपालका उपमहासचिव राजेश मलहोत्राले बताए । विश्व समुदायमा रहेका बौद्ध धर्मावलम्बीहरूलाई एकपटक लुम्बिनी आउने वातावरण बनाउने गरी सरकारले नीति बनाउनुपर्ने उनले बताए ।