मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ चैत २३ बिहीबार १४:१६:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

चीनमा इरान र साउदी अरबबीच उच्चस्तरीय छलफल

Read Time : < 1 मिनेट
२०७९ चैत २३ बिहीबार १४:१६:००

मध्यपूर्वका कट्टर विरोधी मानिने इरान र साउदी अरबबीच उच्चस्तरीय वार्ता सम्पन्न भएको छ । सन् २०१६ पछि यी दुई देशबीच चीनमा विदेशमन्त्रीस्तरीय छलफल भएको बिबिसीले जनाएको छ ।

साउदीको अल–एकबारीया टिभीले युवराज फैसल विन फरान अल साउद र हुसेन अमिर–अब्दुल्लाहिएनले एक–अर्कालाई अभिवादन गरिरहेको भिडियो प्रसारण गरेको छ । यसअघि गत महिना चीनमै भएको छलफलपछि यी दुई देश कूटनीतिक सम्बन्ध सुधार गर्न सकारात्मक देखिएका थिए ।

सन् २०१६ मा साउदीले आतंकवादको आरोपमा शिख निम्र अल–निम्रसहित ४६ इरानीलाई मृत्युदण्ड दिएको थियो । त्यसको विरोधमा इरानस्थित राजदूतावासमा आगजनी भएपछि साउदी अरबले कूटनीतिक सम्बन्ध अन्त्य गरेको थियो ।