मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ चैत २३ बिहीबार १२:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वाल्मीकि आश्रम जाने पुल बन्यो, तर बाटो बनेन

Read Time : < 1 मिनेट
२०७९ चैत २३ बिहीबार १२:२०:००

चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको धार्मिक एवं पर्यटकीय महत्व बोकेको वाल्मीकि आश्रम जान नारायणी नदीमा झोलुंगेपुल बनेको छ । यो पुल ५ करोड ५७ लाख २२ हजार तीन सय ८५ रुपैयाँ लागतमा नेपाल सरकारको स्थानीय पूर्वाधार विभागले निर्माण गरेको हो ।

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको त्रिवेणीमा रहेको त्रिवेणी बजार र गजेन्द्रमोक्ष धामबाट चितवनको वाल्मीकि आश्रम जाने चार सय ७९ मिटर लामो झोलुंगेपुल बनेको हो । झोलुंगेपुल बने पनि निकुञ्जभित्र नेपालबाट वाल्मीकि आश्रम जाने बाटो भने खोलिएको छैन ।

वाल्मीकि आश्रम नेपालमा भए पनि यहाँ भारतको बाटो प्रयोग गरेर जानुपर्ने बाध्यता रहेको छ । झोलुंगेपुल बनेको ठाउँबाट बाटो निर्माण गरिए नेपालतर्फबाटै सजिलै जान सकिनेछ ।

पुलसँगै बाटो सञ्चालनमा आए रामसीताका पुत्र लवकुश जन्मे–हुर्केको, सीता वनवास गएको र वाल्मीकि ऋषिले तपस्पा गरेको क्षेत्र वाल्मीकि आश्रम हेर्न दैनिक हजारौँ भक्तजन र पर्यटक यहाँ सजिलै भित्रिने अपेक्षा गरिएको छ ।