१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत २३ बिहीबार ०७:२१:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

महासंघमा सर्वसम्मत नेतृत्वको पहल गर्दै वरिष्ठ उपाध्यक्ष ढकाल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत २३ बिहीबार ०७:२१:००

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)का वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी कार्यसमितिमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल सुरु गरेका छन् । वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ, रामचन्द्र संघाई र अञ्जन श्रेष्ठलाई बुधबार लाजिम्पाटस्थित ‘होटेल ले हिमालय’मा एकैठाउँमा राखेर उनले सर्वसम्मत नेतृत्वको पहल गरेका हुन् ।

 महासंघमा अहिलेको तीनवर्षे कार्यकाललाई दुई वर्षमा झारेर दुई कार्यकालमै तीनैजनालाई वरिष्ठ उपाध्यक्ष बनाउन सकिने प्रस्ताव ढकालले राखेका थिए । तर, प्यानलसहित चुनावी मैदानमा उत्रिएका तीनै उम्मेदवारले ढकालको प्रस्तावमा सहमति जनाए पनि पहिलो वरिष्ठ उपाध्यक्ष आपूm हुनुपर्ने अड्डी कसेपछि सहमति जुट्न सकेन । पहिलो बैठकमा सहमति हुन नसके पनि पहल निरन्तर जारी राखेर अन्तिम समयसम्म सहमति जुटाउन सकिनेमा ढकाल आशावादी छन् । 

चैत २८ र २९ गते हुने ५७औँ वार्षिक साधारणसभाले आगमी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्दै छ । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था हुँदा ढकाल अध्यक्ष बन्दै छन् । तीन वर्षपछिको नेतृत्वका लागि अहिले वरिष्ठ उपाध्यक्ष बन्न तीनजना आकांक्षी रहेका छन् ।

 ‘महासंघलाई सबै उद्योगी व्यवसायीहरूको साझा प्लाटफर्म बनाउनुपर्छ भन्ने मेरो धारणा हो, त्यसैले मैले महासंघमा सकेसम्म सर्वसम्मत नेतृत्व निर्वाचित गर्ने परम्परा बसालौँ भन्ने गरेको छु,’ ढकालले भने, ‘यसै सिलसिलामा महासंघका सातवटै प्रदेशमा अधिकांश पदमा सर्वसम्मत नेतृत्व निर्वाचित पनि भएका छन् । यसले महासंघमा राम्रो संस्कारको पनि विकास गरेको छ ।’ आर्थिक मन्दीका कारण सिर्जना भएको विषम परिस्थितिमा महासंघको नेतृत्व पनि सर्वसम्मत चयन हुनुपर्छ भनेर आपूmले सर्वसम्मत नेतृत्व चयन गर्न पहल गरेको उनले बताए ।

अहिले मुलुकको अर्थतन्त्र र व्यवसायीहरू समस्यामा रहेको बताउँदै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो अवस्थामा निजी क्षेत्रबीच एकता र सहमतिको झनै ठूलो महŒव रहने बताए । ‘हामी एक भयौँ भने मात्र निजी क्षेत्र बलियो हुन्छ । हाम्रो महत्व बढ्छ । हाम्रा माग सम्बोधन गराउन सकिन्छ । अहिलेको अवस्थामा झन् हामी एक हुनुको विकल्प छैन,’ उनले भने ।

निजी क्षेत्रलाई चौतर्फी संकटले घेरिरहेको अवस्थामा व्यवसायीहरूबीच बिभाजन हुन नहुने ढकालको तर्क छ । ‘एकता र सहकार्यबाट समाधान खोजौँ, मैले त तीनवर्षे कार्यकाललाई दुई वर्षमा झारेर अहिलेको दुई कार्यकालमै तीनैजना आकांक्षीहरूलाई मिलाउन सकिन्छ भनिरहेको छु’ उनले भने– ‘यसमा तपाईंहरूको साथ र सहयोग अपेक्षा गरेको छु ।’