१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत २२ बुधबार ०६:२८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कुमारी बैंकको विभिन्न छुट योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत २२ बुधबार ०६:२८:००

कुमारी बैंक लिमिटेडले स्थापनाको २२औँ वार्षिकोत्सवको अवसर पारेर विभिन्न सेवा–सुविधामा छुटको योजना ल्याएको छ । बैंकले आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा दिने उद्देश्यसहित छुटको योजना ल्याएको हो । 

योजनाअनुसार सम्पूर्ण बचत खाताहरूमा लकर मार्जिनमा ७५ प्रतिशत छुट दिइएको बैंकले जनाएको छ । त्यस्तै, क्रेडिट कार्ड प्रयोगकर्ताका लागि निःशुल्क दर्ता गर्ने तथा वार्षिक शुल्कमा पनि छुट प्रदान गरेको जनाइएको छ ।

साथै, बैंकले प्रारम्भिक बिज रकमलाई छोटो समयमै पाँचदेखि सय गुणा वृद्धि गर्ने विशेष योजना ‘रिकरिङ मुद्दती’ खातासमेत सञ्चालमा ल्याएको जनाएको छ । बैंकले हाल देशभरमा तीन सय चार शाखा, दुई सय ९५ एटिएम, ६२ शाखारहित बैंकिङ सुविधा तथा ४८ एक्सटेन्सन काउन्टरबाट सेवा दिइरहेको जनाएको छ ।