१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २१ मंगलबार
  • Sunday, 11 May, 2025
२o७९ चैत २१ मंगलबार १७:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चितवन २ : लामिछानेको उम्मेदवारीविरुद्ध चार उजुरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत २१ मंगलबार १७:३६:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारीकाे विरोधमा निर्वाचन कार्यालयमा उजुरी परेको छ। उपनिर्वाचनका लागि चितवन निर्वाचन क्षेत्र नम्बर २ मा २४ जनाले मनोनयन दर्ता गराएकामा लामिछानेविरुद्ध चारजनाको उजुरी परेको हो।

उपनिर्वाचनको कार्यतालिकाअनुसार आज उम्मेदवारको विरोधमा उजुरी दिने समय थियो। लामिछानेबाहेक अन्य उम्मेदवारकाे विराेधमा भने उजुरी परेकाे छैन।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारसमेत रहेका सन्तोष थापासहित जनकराज शर्माका प्रतिनिधि डमर पुरी र अम्बिका भट्टका प्रतिनिधि शिवहरि सुवेदीले कार्यालयमै पुगेर उजुरी गरेका हुन्। 

अर्को उजुरी भने युवराज सफलले इमेलबाट दिएका कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए। कार्यालयले मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी भोलि निर्णय गर्नेछ।

चितवन २ मा दुई महिलासहित २४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। तीमध्ये १२ दलका र १२ स्वतन्त्र उम्मेदवार हुन्।