१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o७:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

लुम्बिनी प्रदेश सभामा माओवादी सांसद प्रतिपक्षी सिटमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o७:५३:oo

लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको माओवादीसहितका दल सोमबारको प्रदेश सभा बैठकमा प्रतिपक्षी सिटमा बसेका छन् । यसअघिका प्रदेश सभा बैठकमा सत्तापक्षमा रहेका माओवादीका सांसदहरू सोमबार भने प्रतिपक्षमा बसेका हुन् । गत १२ चैतमा माओवादीसहितका दलहरूले समर्थन फिर्ता लिएर कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका थिए । यससँगै अब सत्तापक्षको कुर्सीमा एमालेका २९ र राप्रपाका चार सांसद मात्रै छन् । 

८७ सांसद रहेको प्रदेशमा बहुमतका लागि ४४ सांसद चाहिन्छ । तर, हाल ५३ जना सांसद विपक्षमा छन् । कांग्रेसका २७, माओवादीका १० (सभामुखबाहेक), नागरिक उन्मुक्ति पार्टीका चार, जसपा, लोसपा र जनमत पार्टीका तीन–तीन, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक–एक सांसद तथा एकजना स्वतन्त्र सांसद प्रतिपक्षमा छन् ।

मुख्यमन्त्री लिला गिरीले आफूले विश्वासको मत नपाए अल्पमतको सरकार ठूलो दलले बनाउने बताएका छन् । दाङको तुलसीपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अहिले १६८(२) अनुसार सरकार कायम रहेकाले विश्वासको मत नपाए स्वतः धारा १६८(३) अनुसार ठूलो दलले सरकार बनाउने व्यवस्था रहेको बताए । तर, अल्पमतको सरकार बनाए पनि एक महिनाभित्रै संसद्मा विश्वासको मत लिनुपर्ने हुन्छ । जब कि एमाले र राप्रपाका गरी ३३ सांसद मात्र हुन्छन् ।

ad
ad