१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २० सोमबार
  • Monday, 15 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत २० सोमबार २o:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

गौतमबुद्ध क्रिकेट रंगशालाको स्वामित्व सरकारले लियो, निर्माण कार्य अघि बढाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत २० सोमबार २o:५६:oo

सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिएर निर्माण कार्य अघि बढाउने निर्णय गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिँदै निर्माण कार्य अघि बढाउने निर्णय गरेको हो । 

रंगशाला निर्माणको काम युवा तथा खेलकुद मन्त्रालयमार्फत अघि बढाउने निर्णय भएको छ । निर्माण सम्पन्न भएपछि महानगरलाई हस्तान्तरण गरिने भएको छ ।

सरकारले भरतपुर महानगरपालिकालाई १२ करोड रुपैयाँ दिएर रंगशाला निर्माणका क्रममा हालसम्मको हिसाब फरफारक गर्ने निर्णय गरेको छ । 

रंगशाला निर्माण गरिरहेको धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण सामग्रीलगायतको १७ करोडभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ । यो रकम कसले तिर्ने भन्ने विवादका कारण रंगशाला निर्माणको जिम्मा कसले लिने भन्ने अलमल रहँदै आएको थियो । 
 

ad
ad
ad
ad