१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार २o:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चितवन २ मा २४ जनाको उम्मेदवारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार २o:o८:oo

चितवन निर्वाचन क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनका लागि २४ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २ महिलासहित २४ जनाले प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवार बन्न मनोनयन दर्ता गराएका हुन् । 

२४ मध्ये १२ जना दलका र १२ जना स्वतन्त्र उम्मेदवार छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने, कांग्रेसबाट जितनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने, राप्रपाबाट जीवलाल पुरीको उम्मेदवारी मनोनयन दर्ता भएको छ । 

यसैगरी, नेपाल मजदुर किसान पार्टीबाट ज्ञानेन्द्र प्रजा, मंगोल नेसनल अर्गनाइजेसनबाट टेकबहादुर तामाङ, राष्ट्रिय जनमोर्चाबाट जनकराज शर्मा, राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट छत्रकुमार पाख्रिनको मनोनयन दर्ता भएको छ । 

जय जन्मभूमि पार्टीबाट प्रेमबहादुर खड्का, राष्ट्रिय जनमुक्ति पार्टीबाट महानन्द जैशी, राष्ट्रिय नागरिक पार्टीबाट योगलाल श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट राजेश अधिकारीले उम्मेदवार बन्न मनोनयन दर्ता गराएका छन् । 

स्वतन्त्र उम्मेदवारका लागि अम्बिका भट्ट, चक्रपाणि न्यौपाने, ताराप्रसाद पौडेल, भाष्करचन्द्र न्यौपाने, मोजराज बगाले, रामकृष्ण ओझा, लक्ष्मीमाया कोइराला बुढाथोकी, बिक्रम श्रेष्ठ, सन्तोष थापा, सुदर्शन कँडेल, सुमन श्रेष्ठ र सुवास परियारले मनोनयन दर्ता गराएका छन् । 

गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा यस निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका थिए । तर, नागरिकता विवादमा सर्वोच्च अदालतको परमादेशबाट उनको उम्मेदवारी नै खारेज भएपछि सांसद पद गएको थियो । यसैकारण चितवन २ मा उपनिर्वाचन हुन लागेको हो । 

आयोगले २१ चैतमा दिउँसो ३ बजेसम्म उम्मेदवारीमाथि दाबीविरोध गर्ने समय तोकेको छ भने दाबीविरोधमाथि २२ चैतमा छानबिन गरी २३ चैतमा चुनावचिह्न प्रदान गर्ने कार्यतालिका छ । 

चितवन–२ मा एक लाख २४ हजार ६९५ मतदाता छन् । ४ मंसिरमा सम्पन्न निर्वाचनपछि यस क्षेत्रमा ४८० मतदाता थपिएका हुन् । 

चितवन–२ मा कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाका १० वटा वडा पर्छन् । भरतपुरका १, २, ३, ४, ५, ७, १०, ११, १२ र २९ नम्बर वडा यो क्षेत्रमा पर्छन् । 

पालिकाअनुसार हेर्दा कालिकामा ३२ हजार २४१, इच्छाकामनामा १५ हजार ६२० र भरतपुरका १० वटा वडामा ७६ हजार ८३४ मतदाता छन् । उपनिर्वाचनमा ४३ वटा मतदानस्थल र त्यसअन्तर्गत १३८ वटा मतदान केन्द्र बनाइएको छ ।

ad
ad