१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format ११:५९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

निर्माण सुरु भएको पाँच महिनापछि ट्रेड टावर शिलान्यास 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:५९:oo

दाङको तुलसीपुर उपमहानगरपालिका कार्यालयको उत्तरतर्फ व्यापारिक तथा प्रशासनिक प्रयोजनका लागि ट्रेड टावर निर्माण कार्य सुरु भएको पाँच महिना भयो। 

गएको मंसिरदेखि सोही ठाउँमा ट्रेड टावर निर्माण सुरु भएको हो। तर, सोमबार मात्रै लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लीला गिरीले सोही टावरको शिलान्यास गरे। 

सोमबारसम्म बेस निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको छ। त्यस अवसरमा मुख्यमन्त्री गिरीले दाङलाई पर्यटनको केन्द्रको विकास गर्न ट्रेड टावरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। 

दाङ ठूलो उपत्यका पनि भएको र चुरे महाभारत शृंखलाहरू पनि रहेकाले हिलस्टेसनका रूपमा अघि बढाउन पनि सकिने बताएका छन्। त्यस्तै, उनले कोइलाबासबाट सुरुङमार्ग निकालेर दाङ उपत्यका पुर्‍याउन सकिनेसमेत बताए। 

त्यस्तै, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले उपमहानगरपालिकाकै जग्गामा ठूला–ठूला घरहरू बनाएर बेचबिखन कार्य भइरहेको बताए। 

ती घरहरू छोड्न बारम्बार भने पनि अटेरी गरेको भन्दै आफ्नो जग्गा खाली गराएरै छोड्ने बताए। ‘सरकारी सम्पत्तिमा मालिक बनेर खान पल्केकाहरूले विरोध गर्नुको कुनै अर्थ रहँदैन,’ खड्काले भने, ‘अर्काको जग्गामा बस्नेलाई हटाउनुको कुनै विकल्प छैन।’ 
  
अहिलेसम्म उपमहानगरपालिकाको जग्गामा घर बनाएकाहरूले कर पनि नतिरेको, भाडा पनि नदिएको भन्दै त्यस्ता व्यक्तिहरूलाई सम्मान गर्न नसक्नेसमेत उनले बताए। उनले मिचिएका घरहरू खाली बनाएर जग्गा भाडामा दिएर आम्दानी लिने तयारी रहेकोसमेत उनले बताए।  

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका इन्जिनियर पवनकुमार योगीले साढे १४ करोड ४२ लाख लागतमा बहुउद्देश्यीय व्यापारिक भवन तथा तुलसी ट्रेड टावर निर्माण हुन लागेको बताए। 

जहाँ लिफ्टसहित सात तलाको टावर निर्माण हुनेछ। साढे १७ मिटर लम्बाइ र ३४ मिटर चौडाइ रहेको टावरको निर्माण कार्य तीन वर्षमा पूरा गर्ने गरी सम्झौता भएको छ। २३ करोडमा टेन्डर आह्वान गरिए पनि समानान्तर, डायनामिक, नारायणम जेभीले भ्याटबाहेक साढे १४ करोडमा ठेक्का लिएको इन्जिनियर योगीले बताए। 

कुल लागतमध्ये ७० प्रतिशत रकम नगर विकास कोषको ऋण र ३० प्रतिशत रकम तुलसीपुर उपमहानगरको लगानीमा निर्माण हुन लागेको हो। ‘भूमिगत गाडी पार्किङ’ पनि निर्माण हुनेछ। 

उपमहानगरपालिकाको उत्तरतर्फ रहेको १० कट्ठा क्षेत्रफलमा निर्माण गर्न लागिएको टावरको व्यापारिक भवनमा पार्किङदेखि विभिन्न व्यापार, बैंकिङ कारोबार, सभाहल, रेस्टुरेन्ट सञ्चालनमा आउनेछन्। उक्त भवन ०८१ चैत मसान्तसम्म सक्ने गरी सम्झौता भएको छ।