१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format ११:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उम्मेदवारी दर्तापछि रविले भने- कानुनका छिद्र खोजेर सक्नैपर्ने पात्र म हाेइन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:५३:oo

चितवन निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यका लागि रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

‘पुनः निर्वाचनमा आउँदै गर्दा केही अनौठो लागेको छ। यसबारे आमसमुदाय जानकार नै हुनुहुन्छ।पहिलाभन्दा राम्रो हुन्छ भन्ने आशावादी छु। उत्साहीत छु। पहिलाभन्दा राम्रो आउँछ भन्ने प्रतिक्रिया आएको छ। यद्यपि, मतगणनाका दिनसम्म त कुर्नपर्‍याे,’ मनोनयन दर्ता गराउँदै उनले भने, ‘समृद्धि, सुशासन, आउँदो पुस्ताको सुन्दर भविष्य कोर्नका लागि, पार्टीभित्रको आन्तरिक लोकतन्त्र मजबुत गर्दै मुलुकको लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न तथा नयाँ पुस्ताको प्रतिनिधित्वका लागि मेरो उम्मेदवारी हो।’  

अदालतको फैसलाबारे सञ्चारकर्मीले राखेकाे जिज्ञासाकाे जवाफ दिँदै रविले भने, ‘आफूलाई मन नपरेको विषयमा सबैले उजुरी हाल्न पाउँछन्। मलाई न्याय प्रक्रियामा विश्वास छ। कानुनले भनेको कुरा एउटा हुन्छ। व्याख्याले गर्दा फरक हुन्छ।  कानुनको छिद्र खोजेर सक्नैपर्ने पात्र म हाेइन। मसँग जनताको शक्ति छ। अहिलेको निर्वाचन प्रक्रियामा मेरो सहभागिता विधिवत् छ।’ 

मंसिरमा सम्पन्न निर्वाचनमा भारी मतान्तरले विजयी भएका लामिछाने नागरिकता विवादमा सर्वोच्चले गरेको फैसलापछि पदमुक्त भएका थिए।लामिछाने पदमुक्त भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचनको मतदान ०८० वैशाख १० गते हुँदै छ।