१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार o९:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

महासंघको वरिष्ठ उपाध्यक्षमा संघाईको उम्मेदवारी  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o९:४४:oo

उमेशलालले सोमबार उम्मेदवारी दिँदै, अन्जन पनि अन्तिम कसरतमा

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघाईले उम्मेदवारी दर्ता गरेका छन् । महासंघले आसन्न अधिवेशनका लागि आइतबारदेखि उम्मेदवारको मनोनयन दर्ता खुला गरेको छ । त्यसमा महासंघका वर्तमान एसोसिएट उपाध्यक्ष संघाईले वरिष्ठ उपाध्यक्षमा पहिलो उम्मेदवारी दर्ता गरेका हुन् । 

साथै, उनले आइतबार नै आफ्नो प्यानल घोषणा गरेका छन् । उनको प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैध, वस्तुगत उपाध्यक्षमा महासंघका वर्तमान कोषाध्यक्ष सकुन्तलाल हिराचन र एसोसिएट उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छिन् । 

महासंघको ५७औँ वार्षिक साधारणसभा तथा अधिवेशन यही चैत २८ र २९ गते काठमाडौंमा हुँदै छ । महासंघमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था छ । सोहीअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल महासंघको अध्यक्ष बन्दै छन् । साथै, अर्कोपल्टको नेतृत्व लिने उद्देश्यसहित व्यवसायीहरू वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने तयारीमा छन् । महासंघको अधिवेशनका लागि यही २१ चैतभित्र उम्मेदवारी दिइसक्नुपर्नेछ ।

को–को छन् अन्य प्रत्याशी ? 
महासंघको वरिष्ठ उपाध्यक्षमा व्यवसायी उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठ पनि तयारीमा छन् । श्रेष्ठले सोमबार प्यानलसहित उम्मेदवारी घोषणा गर्दै छन् । उनको प्यानलबाट दिनेश श्रेष्ठले जिल्ला नगरतर्फको उपाध्यक्षमा उम्मेदवारी दिँदै छन् । यसैगरी, वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल र एसोसिएटतर्फको उपाध्यक्षमा भरतराज आचार्य रहेका छन् ।  

यस्तै, अन्जन श्रेष्ठ पनि चाँडै प्यानल घोषणा गर्ने तयारीमा छन् । उनको टिमबाट वस्तुगत उपाध्यक्षमा मनीषलाल प्रधान, जिल्ला नगर उपाध्यक्षमा अरुण सुमार्गी र एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे उम्मेदवार हुने चर्चा छ । संघाई टिमकी एसोसिएट उपाध्यक्षकी उम्मेदवार ज्योत्स्नाले यसअघि अन्जनकै टिमबाट उम्मेदवारी दिने तयारी थियो । अन्तिम समयमा आएर उनले प्यानल परिवर्तन गरेकी हुन् ।  

ad
ad