१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १६:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लामिछानेमाथि राहदानी दुरुपयोग मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १६:१५:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पासपोर्ट दुरुपयोगसम्बन्धी मुद्दाको रिट सर्वोच्च अदालतमा पेस भएको छ। पासपोर्ट दुरुपयोगमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध युवराज सफलले रिट निवेदन पेस गरेका हुन्।

महान्यायाधिवक्ता कार्यालयले पासपोर्ट दुरुपयोग नभएको भन्दै लामिछानेमाथि राहदानीसम्बन्धी कसुरमा मुद्दा नचलाउने निर्णय गरेको थियो। रिट दर्ता गर्ने–नगर्ने विषयमा सर्वोच्च प्रशासनले अध्ययन गरिरहेको छ।

यसअघि नागरिकता विवाद सम्बन्धमा परेको रिटमाथि १३ माघमा परमादेश जारी गर्दै सर्वोच्चले नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको ठहर गर्दै प्रतिनिधिसभा निर्वाचनमा दर्ता गराएको उम्मेदवारी निवेदन नै बदर गरेको थियो। सो फैसलापछि लामिछानेले एक साथ सांसद, उपप्रधानमन्त्री तथा गृहमन्त्री, पार्टीको सभापति पद गुमाएका थिए।