सांग्रिला डेभलपमेन्ट बैंकको सञ्चालक समितिमा ६ जना निर्विरोध निर्वाचित भएका छन् । बैंकको १८औँ वार्षिक साधारणसभाले संस्थापक र सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालकहरू निर्विरोध चयन गरेको हो ।
निर्विरोध संस्थापक सञ्चालकहरूमा उज्ज्वल सत्याल, सुशील काजी बानियाँ र सुजनसिद्धि बज्राचार्य तथा सर्वसाधारणका तर्फबाट गंगा सागर ढकाल, लिसा शेरचन र नरेश ढुंगाना रहेका छन् । साधारणसभाले बैंकको ८.५३४ प्रतिशत बोनस सेयर तथा कर भुक्तानी प्रयोजनका लागि ०.४४९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।