Skip This
चार महिना बित्दा पनि कोसी प्रदेश सभाले बनाउन सकेन नयाँ नियमावली 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
गणेश लम्साल विराटनगर
Invalid date format o९:४८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

चार महिना बित्दा पनि कोसी प्रदेश सभाले बनाउन सकेन नयाँ नियमावली 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format o९:४८:oo

दोस्रो कार्यकालका लागि सांसदहरूले शपथ खाएको चार महिना बितिसक्दा पनि कोसी प्रदेश सभाले अझै नयाँ नियमावली बनाउन सकेको छैन । १५ चैतमा मस्यौदा समितिले सभामुख बाबुराम गौतमलाई नयाँ नियमावलीको प्रतिवेदन हस्तान्तरण गरेको थियो । 

सरोकारवालाहरूको सुझाव संकलन गरेर मस्यौदा थपघट गरी सभामुखलाई बुझाएको नियमावलीको मस्यौदा प्रदेश सभामा दर्ता भएर छलफल भएर पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ । तर, अझै नियमावली मस्यौदा प्रदेश सभामा दर्ता नै भएको छैन । कोसी प्रदेश सभाको दोस्रो कार्यकालको प्रथम हिउँदे अधिवेशनको अन्तिम समयमा मात्र नियमावली दर्ता भएर पारित हुन सक्नेछ । 

नियमावली मस्यौदा समिति संयोजक सांसद लीलाबल्लभ अधिकारीले ढिलो गरी मस्यौदा समिति गठन भएकाले सबैको सुझाब लिएर परिपक्व रूपको नियमावली तयार गर्नुपर्दा समय लागेको बताए । ‘पटक–पटक संशोधन गर्न नपरोस् भनेर सबै सरोकारवालाहरूसँग नियमावलीको मस्यौदामा समितिले सुझाब लिएर प्रतिवेदन सभामुखलाई बुझाइसकेका छौँ,’ संयोजक अधिकारीले भने ।

नयाँ नियमावली बनिनसक्दा कोसी प्रदेश सभामा विषयत समितिहरू पनि निर्माण हुन पाएका छैनन्, जसले गर्दा दर्ता भएका विधेयक दफावार छलफल हुन पाएका छैनन् । संसदीय समितिले सरकारका कार्यक्रमहरूको निगरानी पनि गर्न पाएका छैनन् । 

सत्तारूढ दल एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी नियमावली बनिनसकेकाले विषयगत समितिहरू गठन हुन ढिलाइ भएको बताए । ‘नयाँ नियमावली पारित हुनासाथ हामी विषयगत समिति निर्माणलाई तीव्रता दिन्छौँ,’ उनले भने । चालू हिउँदे अधिवेशनमा कोसी प्रदेश सभाले सञ्चालन नियमावली पारित गरे पनि संसदीय समितिहरू गठनमा भने हिउँदे अधिवेशनपछि मात्र हुने सम्भावना बढेको छ । 

कोसी प्रदेश सांसदहरूले ११ पुसमा शपथ लिएका थिए । १७ पुसमा पहिलो बैठक बसेको थियो । २८ पुसमा सभामुख र ३० पुसमा उपसभामुख निर्वाचित भएका थिए । हालसम्म कोसी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो हिउँदे अधिवेशनमा जम्मा १३ वटा बैठक बसिसकेको छ । १७ फागुनमा प्रदेश १ को नाम दुईतिहाइ बहुमतबाट पारित गरेपछि अनिश्चितकालका लागि स्थगित भएको प्रदेश सभा बैठक अझै सुरु भएको छैन । 

कोसी प्रदेश सभा सचिवालयका प्रवक्ता चन्द्रमणि पोखरेल नियमावली मस्यौदाको प्रतिवेदन सभामुखलाई हस्तान्तरण गरी सचिवालयमा दर्ता भइसकेको, तर संसद्को बैठक कहिले बस्ने भन्ने निधो नभएकाले छलफल कहिलेदेखि सुरु हुन्छ भन्ने पनि अनिश्चित नै रहेको बताए । ‘अनिश्चितकालका लागि स्थगित भएको प्रदेश सभाको बैठक कहिले सुरु हुन्छ भन्ने नै तय भएको छैन । बैठकको मिति तय भएपछि मात्र नयाँ नियमावलीमा छलफल सुरु हुन्छ,’ उनले भने ।

 पहिचानवादीको आन्दोलनले संसद् बैठक प्रभावित हुन सक्ने 
कोसी प्रदेश नामकरण भएपछि आन्दोलित बनेका पहिचानवादीहरूले गर्दा प्रदेश सभाको बैठक नियमित बस्छ वा बस्दैन टुंगो छैन । प्रदेश सभा अनिश्चितकालका लागि स्थगित छ । दोस्रो चरणको संघर्षको कार्यक्रम सम्पन्न गरिसकेका पहिचानवादीहरूले २५ चैतदेखि विराटनगर केन्द्रित निर्णायक आन्दोलन घोषणा गर्ने जानकारी गरेका छन् । पहिचानवादीको आन्दोलनलाई जनता समाजवादी पार्टी र नेकपा (विप्लव)ले पनि समर्थन जनाइसकेका छन् ।