Skip This
केन्द्रको निर्णय नआएसम्म बागमतीमा सरकार विस्तार नहुने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format o९:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

केन्द्रको निर्णय नआएसम्म बागमतीमा सरकार विस्तार नहुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:१२:oo

केन्द्रको निर्णय पर्खेर बस्दा बागमती प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन । गठबन्धन दलको शीर्ष तहबाट समयमै भागबन्डा नटुंग्याउँदा बागमतीमा सरकार विस्तार रोकिएको छ ।

बागमती प्रदेशमा मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रदेश तहमा कार्यदल बनाए पनि शीर्ष नेतृत्वबाट कुनै पनि किसिमको संकेत नपाउँदा कार्यदलको बैठक बसेर औपचारिक छलफलसमेत हुन सकेको छैन । कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक कुन्दनराज काफ्लेले शीर्ष तहबाट निर्देशन नआई प्रदेश सरकारको मन्त्रिपरिषदले पूर्णता नपाउने बताए । उनले कार्यदलमा सामान्य छलफल भए पनि ठोस निष्कर्षका लागि गठबन्धन दलहरूको शीर्ष तहमै निर्णय कुर्नुपरेको बताए । 

‘प्रदेशमा सरकारमा सहभागी हुने दलहरूले विभिन्न चरणमा आन्तरिक, सामूहिक र द्विपक्षीय छलफल गररहेका छौँ । प्रदेशमा नेतृत्व गर्ने दलहरूबीचमा पनि एकखालको सहमति भइसकेको छ । तर पनि, सातै प्रदेशको भागबन्डा मिलाउनुपर्ने भएकाले हामीले केन्द्रीय नेतृत्वको निर्णय पर्खिएका हौँ,’ उनले भने, ‘अब एक–दुई दिनमा बागमती सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाउँछ ।’

माओवादीका बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले मन्त्रिपरिषद् विस्तारको विषयमा गठबन्धन दलहरूबीच आवश्यकताअनुसार एकपक्षीय र बहुपक्षीय छलफल भइरहेको बताए । ‘शनिबार कार्यदलको बैठक बस्ने भनिए पनि आन्तरिक तयारी नपुगेकाले बस्न सकेन । एकचरण सबै दलहरूले आन्तरिक तयारी पूरा गरेर कार्यदलको बैठक बस्ने कुरा भएको छ,’ उनले भने, ‘सबै दल एकैठाउँमा बस्दा मात्रै सबै कुरा टुंगिँदैन । त्यसैले सबभन्दा पहिले आन्तरिक तयारीमा जोड दिएका छौँ ।’ प्रदेशमा भएको मन्त्रालयको संख्याभन्दा दलहरूको दाबी बढी भएपछि मुख्यमन्त्री जम्कट्टेललाई मन्त्रिपरिषद् विस्तारमा कठिन भएको छ । दलहरूको अडान कायम रहँदा सरकार विस्तारको प्रक्रिया लम्बिने भएको छ । दलहरूले प्रदेशमा भएका मन्त्रालयको संख्याभन्दा बढी दाबी गरेपछि भागबन्डा मिलाउन कांग्रेस बागमती प्रदेशका उपनेता रामकृष्ण चित्रकारको संयोजकत्वमा कार्यदल बनेको छ ।