१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत १९ आइतबार ०८:४०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लायन्स क्लब अफ काठमाडौँ  सिद्धार्थ गौतम बुद्धको वार्षिक साधारण सभा सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत १९ आइतबार ०८:४०:००

लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धको वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौँको बसुन्धरामा लायन्स नारायण रेग्मीको अध्यक्षतामा सम्पन्न सभामा क्लबले विगतमा गरेको विभिन्न कार्यक्रमहरुको समिक्षा गर्दै सम्पन्न गरेको हो ।

सभाका प्रमुख अतिथि तथा प्रतिनिधि सभा सदस्य माननिय पदम गिरीले क्लबको प्रशंसा गर्दै नाम अनुसार काम भएको भन्दै शुभकामना दिए । निवर्तमान स्वास्थ्य मन्त्री समेत रहेका नेता गिरीले सो अवसरमा बोल्दै क्बले सबैलाई संगठीत गरेकोमा खुशि व्यक्त गरे । 

सांसद गिरीले लायन्सको टिमसँग हातेमाले गर्दै अघि बढ्ने प्रतिवद्धा समेत व्यक्त गरे । सो अवसरमा लायन्स वर्ष २०२३ र २४ का लागि नारायण सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमित चयन गरेको निर्वाचन सहसंयोजक लायन्स हरिप्रसाद तिवारीले जानकारी दिए । 

लायन्स क्लब सम्बद्ध विभिन्न विशिष्ट व्यक्ति तथा अतिथिहरुको उपस्थिती रहेको कार्यक्रममा लायन्स वर्ष २०२२ र २३ को समिक्षा, लायन्स क्लब अफ सिद्धार्थ गौतम बुद्ध इनलाइटनको उद्घाटन तथा यसै क्लब अन्गर्ततको लियो क्लबको प्रमाणपत्र हस्तातरण पनि गरिएको थियो । कार्यक्रममा लायन्ससँग सम्बन्धित समाजसेवी  व्यक्तित्वहरुलाई सम्मान, प्रशंसा र कदरपत्र प्रदान गरिएको थियो ।