
सन् २००२ : इजरायली सेनाबाट बेथलेहेमको चर्च अफ द नेटिभिटी घेराबन्दी । इजरायलको सुरक्षा फौजले प्यालेस्टिनीहरूलाई कब्जा गर्न बेथलेहेम घेराबन्दी गरेको थियो । चर्चभित्र केही लडाकु प्रवेश गरेपछि ३९ दिन लामो घेराबन्दी भएको थियो ।
सन् २००५ : रोमका पादरीका प्रमुख तथा सन् १९७८ देखि रोमन क्याथोलिक चर्चका प्रमुख पप जोन पल द्वितीयको भ्याटिकन सिटीमा निधन ।
सन् १९८२ : अर्जेन्टिनाद्वारा फकल्यान्ड टापु कब्जा । उक्त घटनाले अर्जेन्टिना र बेलायतबीच दक्षिण एट्लान्टिक द्वीपसमूहमा लामो समयदेखि चलिरहेको द्वन्द्वलाई बढाउनुका साथै फकल्यान्ड युद्धलाई भड्कायो । फकल्यान्ड युद्ध बेलायतले जितेको थियो ।
सन् १९१७ : तत्कालीन अमेरिकी राष्ट्रपति वुड्रो विल्सनद्वारा कंग्रेससमक्ष जर्मनीविरुद्ध युद्धको घोषणा ।
सन् १७९२ : अमेरिकी डलर प्रचलनमा आयो । सन् १७९२ को मिन्ट ऐनले अमेरिकी मुद्राको रूपमा डलर प्रचलनमा ल्याएको थियो । अहिले विश्वको करिब दुईतिहाइ व्यापार डलरमा कारोबार हुने गर्छ ।