Skip This
‘श्रमाटन’को अंग्रेजी संस्करण राजधानीमा विमोचन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १८ शनिबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १८ शनिबार १७:५३:oo
Read Time : > 1 मिनेट
साहित्य डिजिटल संस्करण

‘श्रमाटन’को अंग्रेजी संस्करण राजधानीमा विमोचन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १८ शनिबार १७:५३:oo

लेखक बि.एन. जोशीको अंग्रेजीमा अनुवाद भएको पुस्तक ‘श्रमाटन’ राजधानीमा विमोचन गरिएको छ। सन् ९० को दशकमा अवैधानिक मार्ग हुँदै खाडी तथा मलेसिया पुगेका श्रमिकहरूको जीवन्त भोगाइ ‘श्रमाटन’मा समेटिएको वक्ताहरूले बताए।

कार्यक्रमका मुख्य वक्ता सांसद तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जोशीले २० वर्ष अगाडि भोगेको कथाको भाग दुई अहिले चलिरहेको बताए। उनले भने, ‘हिजो खाडी जान यस्तो दुःख भोग्नुभयो, अहिले युरोप र अमेरिका जान त्यही कथा भाग २ को रूपमा दोहोरिरहेको छ। यो शृंखला अब नदोहोरियोस्।’ रेमिट्यान्सले नेपालको धेरै पक्षमा सकारात्मक परिवर्तन ल्याएकाले वैदेशिक रोजगारलाई नकारात्मक रूपमा मात्रै चित्रण गर्न नहुनेमा उनले जोड दिए।

पूर्वयुएन अफिसर सरु जोशी श्रेष्ठले पुस्तकको बारेमा भनिन्, ‘यो पुस्तक पढ्दापढ्दै धेरेै ठाउँमा रोएँ, उकुसमुकुस भएँ। परदेसिएका धेरै युवाहरूले यस्ता कथाहरू लेख्न सकेका छैनन्। कसले बुझिदिने, कसले लेखिदिने ती युवाहरूको कथा ?’ यो पुस्तक सबै नेताहरूले पढ्नुपर्ने उनको भनाइ छ। श्रमिकहरूको कथा लेखेकोमा लेखक जोशीलाई धन्यवाद दिँदै उनले भनिन्, ‘हाम्रो देशमा विदेशमा भएका श्रमिकको नेता छैन। तपाईंले पुस्तकमा श्रमिकको कथाहरू उन्नुभयो। त्यसैले तपाईं नै श्रमिकको नेता हो।’

विमोचन समारोहमा बोल्दै कवि श्यामलले श्रमिकहरूको दुःख लेखकले सुन्दर तरिकाले उनेको बताए। उनले भने, ‘लेखकले आफ्ना भोगाइहरू इमान्दारीपूर्वक पुस्तकमा उनेका छन्। भोगाइहरू यति सुन्दर तरिकाले हतपत पढ्न पाइँदैन। यो पुस्तक नेपाली साहित्यको एउटा प्राप्ति हो।’

हिमालयन कवि तथा प्रतीक म्यागजिनमा सम्पादक युयुत्सु आरडी शर्माले ‘श्रमाटन’मा श्रमिकहरूको पीडा रहेको र यो पुस्तक संसारभरिका पाठकहरूले पढ्नुपर्नेमा जोड दिए। लेखकले यात्राका क्रममा भोगेका पीडाहरू सुन्दर तरिकाले पुस्तकमा लेखेको उनले बताए।

२०७७ मा सांग्रिला बुक्सले नेपालीमा प्रकाशित गरेको पुस्तकलाई अंग्रेजीमा अनुवाद गरी ‘निराला पब्लिकेसन्स’ले प्रकाशन गरेको हो। पुस्तकलाई अरुण बुढाथोकीले अनुवाद गरेका छन्।