
१० वैशाखमा हुन लागेको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार घोषणा गरेको छ।
शनिबार पार्टी कार्यालय बसुन्धरामा पत्रकार सम्मेलन गर्दै रास्वपाले उम्मेदवारको नाम सार्वजनिक गरेको हो। सो पार्टीले चितवन- २ मा पार्टी सभापति रवि लामिछाने, तनहुँ - १ मा डा. स्वर्णिम वाग्ले र बारा- २ मा रमेश खरेललाई अघि सारेको छ।
एमालेले तनहुँ- १ मा सर्वेन्द्र खनाल र चितवन- २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउँदै छ। बारा २ मा भने एमालेले उम्मेदवार तय गरिसकेको छैन।