Skip This
चैत्राष्टमी मेलामा दोहोरी प्रतियोगिताको उपाधि प्रतिष्ठान बाग्लुङलाई
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १८ शनिबार
  • Tuesday, 13 May, 2025
२o७९ चैत १८ शनिबार १२:o७:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

चैत्राष्टमी मेलामा दोहोरी प्रतियोगिताको उपाधि प्रतिष्ठान बाग्लुङलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत १८ शनिबार १२:o७:oo

चैत्राष्टमी मेलामा भएको दोहोरी गीत प्रतियोगिताको उपाधि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बाग्लुङले जितेको छ। मेलाको मुख्य आकर्षणको रूपमा रहेको दोहोरी गीत प्रतियोगिताको उपाधि बाग्लुङ प्रतिष्ठानका समुन खड्का र शर्मिला बिसीले जितेका हुन्। फाइनलमा जीवन सिग्देल र सपना रोकाको समूहसँग खड्का र बिसी भिडेका थिए।

प्रतियोगितामा जीवन र सपनाको समूह दोस्रो भएको छ भने सबिन आचार्य र रिता रावलको समूह तेस्रो भएको मेलाका सांस्कृतिक संयोजक भरत खड्काले जानकारी दिए। प्रतियोगितामा सुमन केसी र मधु चापागाईंको समूह सान्त्वना स्थान हासिल गर्न सफल भएको छ।

प्रथम भएको समूहलाई नगद १ लाख ५० हजार रुपैयाँ, द्वितीय हुने समूहलाई १ लाख रुपैयाँ, तृतीय समूहलाई नगद ५० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरियो। सान्त्वना हुनेलाई पनि नगर पुरस्कारसहित सम्मान गरिएको छ। प्रतियोगितामा मधु चापागाईं सर्वोकृष्ट दोहोरी गायिका घोषित भइन्।

मेलाको अवसरमा खुला भलिबल प्रतियोगिता, छेलो प्रतियोगिता, रथयात्रा, रमाइलो मेला सञ्चालन भएको थियो। मेलामा राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुति रहेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए।