मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
शिल्पा कर्ण काठमाडौं
२०७९ चैत १७ शुक्रबार २१:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

२० हजार घुस लिने मालपोतका खरिदारलाई १५ दिन कैद हुने

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
२०७९ चैत १७ शुक्रबार २१:००:००

विशेष अदालतले टोखास्थित मालपोत कार्यालयका खरिदारलाई भ्रष्टाचार मुद्दामा १५ दिन कैद हुने सजाय सुनाएको छ । 

उक्त कार्यालयको मुद्दा फाँटमा कार्यरत खरिदार विनोदकुमार तिवारीलाई २० हजार रुपैयाँ जरिवाना तिराउने फैसला भएको हो । 

विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय यमुना भट्टराई र खुसीप्रसाद थारूको इजलासले खरिदार तिवारीलाई यस्तो सजाय सुनाएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसै वर्ष २१ वैशाखमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो । 

खरिदार तिवारीले जग्गा नामसारी गरिदिने तथा जग्गाधनी प्रमाण पुर्जा बनाउने काममा सहजीकरण गरिदिने कामका लागि सेवाग्राहीसँग २० हजार रुपैयाँ मागेका थिए । उक्त रकम लिइसकेको अवस्थामा ४ वैशाख ०७९ मा अख्तियारले पक्राउ गरेपछि मुद्दा दायर भएको थियो ।