Skip This
ललितपुर महानगरले रोक्यो सेन्ट जेभियर्स स्कुलमा भर्ना प्रक्रिया
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १७ शुक्रबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १७ शुक्रबार २o:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ललितपुर महानगरले रोक्यो सेन्ट जेभियर्स स्कुलमा भर्ना प्रक्रिया

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १७ शुक्रबार २o:५२:oo

ललितपुरको चर्चित स्कुल सेन्ट जेभियर्समा ललितपुर महानगरपालिकाले भर्ना प्रक्रिया रोकेको छ । भर्ना पारदर्शी नभएको भन्दै महानगरपालिकाले पत्र नै लेखेर १ कक्षामा भर्ना प्रक्रिया रोकेको हो । 

जावलाखेलस्थित सो स्कुलले भर्नाका लागि अन्तर्वार्ता अघि बढाएपछि महानगरले प्रक्रिया रोक्न एक साताअघि पत्र लेखेको थियो । भर्ना प्रक्रिया  अघि बढाउनका लागि विद्यालयले पहल गरे पनि महानगरपालिकाले मानेको छैन । 

महानगरबाट आफूहरूमाथि हस्तक्षेप भएको विद्यालयले जनाएको छ भने महानगरले भने भर्नालाई पारदर्शी बनाउन रोकिएको जिकिर गरेको छ । 

ट्रष्टमार्फत सञ्चालन हुँदै आएको सो विद्यालयमा विद्यार्थी भर्नाका लागि उच्च आकर्षण छ । यो वर्ष १ कक्षामा भर्नाका लागि पाँच हजारभन्दा धेरै बालबालिकाले फर्म भरेका छन् ।

विद्यालयको भर्ना पारदर्शी नभएको भनेर नगरवासीबाट गुनासो आएपछि भर्ना रोकिएको ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए । 

‘भर्नामा सबैलाई समान व्यवहार भएन, व्यवस्थापन समितिका केहीलाई कोटा दिएको गुनासो आएपछि भर्ना प्रक्रिया रोकेर छलफल थालेका हौँ,’ उनले भने, ‘उहाँहरूले व्यवस्थापन समितिमा छलफल गरेर आउँछौँ भन्नुभएको थियो, तर थप छलफल हुन सकेको छैन ।’ 

स्कुलका एक उच्च अधिकारी भने महानगरपालिकाले भर्नाका लागि कोटा मागेको र दिन नसकेपछि यसरी भर्ना प्रक्रिया नै रोकिदिएको दाबी गरेका छन् । 

विगतमा सो स्कुलको भर्नामा उच्चपदस्थ व्यक्तिहरूलाई कोटो थियो । सोही कारण भर्नामा दबाब थेग्न नसकेर विद्यालयले दुई वर्षयता प्रारम्भिक अन्तर्वाता लिएर गोलाप्रथामार्फत छानेर भर्ना लिँदै आएको छ । यद्यपि, विद्यालयले केही पहुँचवालालाई अझै कोटा दिने गरेको महानगरपालिकाका अधिकारी बताउँछन् ।