
फाइनलमा लाओसलाई २–१ गोलअन्तरले पराजित गर्दै नेपालले प्रधानमन्त्री थ्री नेशन्स कपको उपाधि रक्षा गरेको छ ।
दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपालले एक गोलले पछि परेको अवस्था उल्टाउँदै उपाधि रक्षा गरेको हो ।
यसअघि आयोजित प्रधानमन्त्री थ्री नेशन्स कपको उपाधि पनि नेपालले नै जितेको थियो । यसपटकको फाइनलमा पहिलो हाफ १–१ को बराबरी भएको थियो ।
दोस्रो हाफमा उत्कृष्ट खेल पस्कँदै नेपालले लाओसलाई पूरै ४५ मिनेट दबाबमा राख्यो । त्यही क्रममा ८७औँ मिनेटमा मनीष डाँगीले दोस्रो बारमा उत्कृष्ट फिनिसिङ गर्दै नेपाललाई उपाधि दिलाए ।
फाइनल खेलका दृष्यलाई नयाँ पत्रिकाकर्मी संजित परियारले आफ्नो क्यामेरामा कैद गरेका छन् ।