Skip This
प्रजातन्त्र सानो समूहको कब्जामा छ : कमल थापा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रजातन्त्र सानो समूहको कब्जामा छ : कमल थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४४:oo

राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रजातन्त्र मुठ्ठीभरका सानो समूहको कब्जामा भएको बताएका छन् ।

दूरदराजमा बस्ने तल्लो वर्गका नेपाली जनताको दुःख, पिरमर्का हेर्ने–बुझ्ने फुर्सद सत्तासीनलाई नभएको भन्दै थापाले मुलुक डरलाग्दो ‘सेन्टिगेट’को दुश्चक्रमा फसेको टिप्पणी गरे । 

राप्रपा नेपाल आबद्ध पूर्वप्रहरी परिषद्को विस्तारित बैठकलाई सम्बोधन गर्दै थापाले भने, ‘भ्रष्टाचार संस्थागत भएको छ, भ्रष्टाचारीलाई संरक्षण गरिएको छ । सत्ता र शक्तिकेन्द्रित फोहाेरी खेलमा मात्र सबैको ध्यान केन्द्रित  छ । यसले मुलुकलाई असफल राष्ट्रतर्फ उन्मुख गराउँदै छ ।’

द्वन्द्वपीडितलाई सुविधा दिने नाममा सरकारले तत्कालीन विद्रोही पक्षलाई मात्र पक्षपोषण गरेको उनको आरोप छ । 

परिषद्का अध्यक्ष हरिहर श्रेष्ठको अध्यक्षतामा सम्पन्न केन्द्रीय कार्यसमितिको विस्तारित बैठकले माओवादीका चार हजार अयोग्य लडाकुलाई प्रतिव्यक्ति दुई लाखको दरले सरकारी ढुकुटीबाट सुविधा उपलब्ध गराउने सरकारको निर्णयको विरोध गर्दै द्वन्द्वपीडित सबै पक्षलाई उक्त सुविधाबाट वञ्चित गराइएको र यसले थप द्वन्द्व निम्त्याउने ठहर गरेको छ ।

सो बैठकले सम्पूर्ण द्वन्द्वपीडितका परिवारलाई रोजगारको व्यवस्था मिलाउनसमेत सरकारसँग माग गरेको छ ।