मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १७ शुक्रबार १२:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देशभरको मौसम खराब, हावाहुरी र चट्याङसहित वर्षा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १७ शुक्रबार १२:४२:००

मुलुकभरको मौसममा खराबी आएको छ। बिहीबार साँझ पश्चिम नेपाल भित्रिएको पश्चिमी वायु देशभर फैलिने क्रममा हावाहुरीसहित वर्षा भइरहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोेविन्दकुमार झाका अनुसार पश्चिमी वायु र स्थानीय वायुका कारण कर्णाली र लुम्बिनीमा वर्षा भएको छ भने काठमाडौंमा पनि वर्षा सुरु भएको छ। 

नवलपरासी क्षेत्रमा दुई घन्टामै २५.४ मिलिमिटर वर्षा भएको छ, प्रिमनसुनमा यो भारी वर्षा हो । भैरहवा क्षेत्रमा हावाहुरीका कारण दिउँसै अँध्यारो भएको छ, काठमाडौंमा पनि हावाहुरी चलिरहेको छ। 

मकवानपुर क्षेत्रमा चट्याङ परेको छ। पश्चिमी वायु काठमाडौंसम्म विस्तार भएको र पूर्व सर्ने क्रममा रहेको महाशाखाले जनाएको छ । यो अवधिमा केही क्षेत्रमा  प्रतिघन्टा ७४ किलोमिटरसम्म हावाहुरी चल्न सक्ने चेतावनी पनि महाशाखाले दिएको छ। 

पश्चिमी वायुको प्रभाव शुक्रबार र शनिबार रहने र आइतबारबाट सुधार हुने आकलन गरिएको छ। प्रिमनसुनमा छिनमै मौसम खराब हुने, हावाहुरी, चट्याङसहित वर्षा हुने हुन्छ।