
स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालमा कार्यरत चिकित्सकका नाम निजी क्लिनिकबाट हटाउन निर्देशन दिएको छ । मन्त्रालयले बिहीबार सूचना प्रकाशित गर्दै मन्त्रालयले निजी क्लिनिकबाट नाम नहटाएको पाइएमा चिकित्सकलाई प्रचलित कानुनबमोजिम कारबाही हुनेसमेत चेतावनी दिएको छ ।
मन्त्रालयले आफ्नामातहतका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकमध्ये केहीको नाम निजी क्लिनिकमा प्रयोग भइरहेको भन्ने गुनासो आइरहेकाले नाम हटाउन निर्देशन दिएको हो ।
मन्त्रालयले चिकित्सकले क्लिनिकमा नाम राख्नु नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ तथा नियमावली, २०५५, जनस्वास्थ्य ऐन, २०७६ तथा नियमावली, २०७७, नेपाल मेडिकल काउन्सिल ऐन, २०२०, नियमावली, २०२४ को नियम २२ विरुद्ध हुने उल्लेख गरेको छ । हाल अधिकांश निजी क्लिनिकमा चिकित्सकका नाम राखिएको भए पनि मन्त्रालयले चिकित्सकलाई निजीमा काम गर्न भने रोक लगाएको छैन ।
‘निजी क्लिनिकमा सरकारी चिकित्सकको नामलाई लिएर गुनासा आउन थालेकाले नाम हटाउन भनिएको हो । सरकारी चिकित्सकले ड्युटीबाहेकको समयमा निजीमा काम गर्न पाउँदैनन् भन्ने छैन ।