Skip This
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:३o:oo

निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्ति गरेको छ। यही चैत १८ गतेदेखि लागू हुने गरी सम्बन्धित जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरिएको हो।

न्याय परिषद्को परामर्शमा चितवन क्षेत्र नं २ मा जिल्ला न्यायाधीश वासुदेव न्यौपाने, बारा क्षेत्र नं २ मा जिल्ला न्यायाधीश मुकेश उपाध्याय र तनहुँ क्षेत्र नं १ मा जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यलाई बिहीबार नियुक्त गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जारी गरेका विज्ञप्तिमा उल्लेख छ।

मुख्य निर्वाचन अधिकृतको नियुक्तिसँगै यही चैत १८ गतेदेखि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय खुल्नेछ भने उपनिर्वाचनका लागि यही चैत २० गते उम्मेदवारीको मनोनयन-पत्र दर्ता हुने कार्यक्रम छ। निर्वाचनका सबै कार्यक्रम ती कार्यालयबाट सञ्चालन हुनेछन्। रासस