Skip This
जगदुल्ला गाउँपालिकाले गर्‍यो सबै घरपरिवारको स्वास्थ्य बिमा 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १३:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जगदुल्ला गाउँपालिकाले गर्‍यो सबै घरपरिवारको स्वास्थ्य बिमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:५o:oo

हिमाली जिल्ला डोल्पाको जगदुल्ला गाउँपालिकाले सबै घरपरिवारको स्वास्थ्य बिमा गरेको छ। गाउँपालिकाले एकैपटक पाँच सय ५९ घरपरिवारको स्वास्थ्य बिमा गरेको हो।

स्वास्थ्य बिमा कार्यक्रमको महत्वलाई बुझेर गाउँपालिकाका सम्पूर्ण घरधुरी समेटिने गरी स्वास्थ्य बिमा गरिएको गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायले जानकारी दिए।

बिमा कार्यक्रममा आबद्ध सबैले यस कार्यक्रममार्फत विभिन्न सेवा–सुविधा पाउने र आबद्धता शुल्कसमेत गाउँपालिकाले नै तिरेकोसमेत अध्यक्ष रोकायले बताए। 

यस कार्यक्रममा समुदायका सबै घरपरिवार स्वयं आबद्ध हुने सम्भावना नभएपछि आबद्धता शुल्क पनि पालिकाले नै  व्यहोर्नेगरी कार्यक्रममा आबद्ध गराइएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले स्वास्थ्य बिमाका लागि रु. १९ लाख २८ हजार आठ सय ५० रुपैयाँ स्वास्थ्य बिमा बोर्डलाई भुक्तानी गरेको  निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीले जानकारी दिए।

गाउँपालिकाका स्वास्थ्य संयोजक छिरिङ बुढाले स्वास्थ्य क्षेत्रको नीति तथा कार्यक्रम तय गर्दा स्वास्थ्य बिमा कार्यक्रमलाई प्राथमिकतामा राखेर कार्यक्रम बनाउने बताए। 

सेवा सुविधा राम्रो पाएमा यस कार्यक्रमलाई स्वयम परिवारले नै निरन्तरता दिने उनको भनाइ छ। समुदायस्तरमा यस कार्यक्रमको महत्व र धारणाबारे सर्वसाधारणले बुझ्न नसकेकै कारण डोल्पामा बिमितको संख्या नबढेको स्वास्थ्य बिमा बोर्ड डोल्पाका संयोजक राजनकुमार डाँगीले बताए।

स्वास्थ्य बिमा कार्यक्रम धेरै राम्रो कार्यक्रम भएकाले सुरुमा जिल्लाका सम्पूर्ण स्थानीय तहले सर्वसाधारणलाई कार्यक्रममा समावेश गराउनुपर्ने उनको भनाइ छ।