Skip This
पूर्वमन्त्री पौड्यालको प्रश्न- खुलामञ्च काठमाडौंको मात्रै पेवा हो ? 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पूर्वमन्त्री पौड्यालको प्रश्न- खुलामञ्च काठमाडौंको मात्रै पेवा हो ? 

मिटरब्याजीलाई राजनीतिक दलहरूले संरक्षण गर्न हुँदैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:४o:oo

राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले मिटरब्याजीहरूलाई संरक्षण नगर्न राजनीतिक दलहरूलाई आग्रह गरेकी छिन्। 

बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य डा. पौड्यालले मिटरब्याजीहरूलाई राजनीतिक दलका कार्यकर्ताले संरक्षण गरिरहेको भनेर पीडितहरूले भनेका भन्दै त्यसरी संरक्षण नगर्न आग्रह गरेकी हुन्। 

उनले मिटरब्याजीहरूलाई दलका कार्यकर्ताले संरक्षण गरे–नगरेको विषयमा दलहरू बोल्नुपर्ने बताइन्। उनले दलहरूले आफ्ना मतदाता र समर्थकबाट मिटरब्याजीको संरक्षण हुन दिनु नहुने बताइन्। पूर्वमन्त्रीसमेत रहेकी पौडेलले मिटरब्याजपीडितहरूलाई खुलामञ्चमा बस्न नदिइएको भन्दै असन्तुष्टि व्यक्त गरिन्। 

उनले भनिन्, ‘खुलामञ्चमा बस्न दिइएन उहाँहरूलाई। खुलामञ्च काठमाडौंको मात्रै पेवा रहेछ। मधेसबाट आउने मधेसी महिलाहरूले त्यहाँ खुट्टा टेक्न नपाउने?’ 

सरकारले बनाएकाे कार्यदलले याे विषयलाई प्राथमिकतामा राखेर तत्काल समस्या समाधान गर्न उनले माग गरिन्। उनले भनिन्, ‘कार्यदल बनाएको सरकारले भन्ने कुरा हामीले सुनेका छौँ। कार्यदलले के गर्दै छ, यो कुरा एकदमै प्राथमिकतामा राखेर कानुन कहाँनिर संशोधन गर्नुपर्छ, कानुन संशोधन गर्नुपर्‍याे। दलहरूले बोल्नुपर्‍याे। सबै राजनीतिक दलहरूलाई चुनौती हो यो। सबै राजनीतिक दलहरूले आफ्ना दलबाट त्यस्ता कामहरू भएका छन् भने, आफूले संरक्षण गरेका आफ्ना भोटरबाट, आफ्ना समर्थकबाट भएका छन् भने त्यो हुन दिनुभएन। त्यो काम राजनीतिक दलहरुले गर्नुपर्‍याे।’