मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १६ बिहीबार १३:०८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गोविन्द भट्टराई भन्छन्– तनहुँ १ मा मेराे जित सुनिश्चित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १६ बिहीबार १३:०८:००

तनहुँ १ मा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् । पार्टीको कार्यसम्पादन बैठकपछि सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दैै उनले अन्य उम्मेदवारको जित्ने सम्भावना नरहेको बताएका हुन् । 

‘धेरै दल, धेरै उम्मेदवार हुनु मतदातालाई राम्रो जनप्रतिनिधि छान्ने अवसर हो,’ उनले भने, ‘तर, अरू उम्मेदवारले जित्ने सम्भावना देख्दिनँ ।’ बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले उपनिर्वाचनमा भट्टराईलाई तनहुँ १ मा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यसअघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रपति बनेका रामचन्द्र पौडेल भारी मतले जितेका र अहिले गठबन्धनको साथ रहेकाले आफ्नो जित सुनिश्चित भएको उनको तर्क छ ।