१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत १६ बिहीबार ११:१५:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

काठमाडौंआसपासका साइक्लिङ रुट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत १६ बिहीबार ११:१५:००

नगरकोट 
समुद्री सतहबाट दुई हजार एक सय ७५ मिटर उचाइमा रहेको नगरकोट साइकलयात्रीहरूलाई मन पर्ने गन्तव्य हो । कोटेश्वर, भक्तपुर, खरिपाटी हुँदै झन्डै २८ किलोमिटर यात्रामा नगरकोट पुग्न सकिन्छ । यात्राका क्रममा भक्तपुरमा नेवाः संस्कृतिबारे पर्याप्त जानकारी लिन सकिन्छ । फराकिलो हाइवेको यात्रा गरेर हरियाली हेर्दै बिस्तारै उकालो चढ्नुको मज्जा नै बेग्लै छ । नगरकोटको टुप्पोमा पुगेपछि विभिन्न हिमशृंखलाको अवलोकन गर्दै थकाइ मेट्न पाइने भएकाले पनि धेरै साइकलयात्रीहरूको रोजाइमा यो स्थान पर्ने गर्छ । 

ककनी 
यो अर्को राम्रो गन्तव्य हो । बालाजुबाट सुरु हुने यो यात्रा दुई हजार ३० मिटरको उचाइमा रहेको ककनी पुगेर टुंगिन्छ । झन्डै २३ किलोमिटर यात्रा नागार्जुन जंगल क्षेत्र हुँदै अघि बढ्छ । यहाँको हरियाली र चिसो मौसमले प्रकृतिप्रेमीहरूलाई सधैँ आकर्षित गर्ने गरेको छ । टुप्पोमा पुगेर हिमालको दृश्यावलोकन गर्दै थकाइ मार्नुको मज्जा बेग्लै छ । 

फुलचोकी 
२७ सय मिटर हाइटमा रहेको फुलचोकीमा सधैँ चिसो हावा चलिरहेको हुन्छ । यहाँ जान पनि धेरै साइकलयात्रीले रहर गर्छन् । काठमाडौंबाट लगनखेल चोक र गोदावरीसम्म पक्की बाटो र त्यसपछि कच्ची बाटोमा साइकल कुदाएर उकालो लाग्नुको मज्जा नै बेग्लै छ । 

जामाचो 
साइक्लिङका लागि जामाचो पनि राम्रो गन्तव्य हो । यहाँ ह्वाइट गुम्बा हुँदै जान पनि सकिन्छ । नागार्जुनको जंगल हुँदै जाने अर्को बाटो पनि छ । यहाँ पनि शान्त वातावरणमा साइक्लिङको मज्जा लिन सकिन्छ । त्यस्तै, सुन्दरीजल, शिवपुरीलगायत क्षेत्रमा पनि साइक्लिङका लागि ठूलो संख्यामा साइकलयात्रीहरू जाने गरेका छन् ।