मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १६ बिहीबार ०७:५९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल प्रहरीलाई राष्ट्रिय वाणिज्य बैंकको आर्थिक सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १६ बिहीबार ०७:५९:००

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाल प्रहरीलाई ३० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रहरीले सञ्चालन गर्ने विभिन्न कार्यक्रमलाई सहयोग पुर्‍याउने उद्देश्यले आर्थिक सहयोग गरेको हो । 

सहयोग रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रहरी महानिरीक्षक वसन्तबहादुर कँुवरलाई हस्तान्तरण गरेको जनाइएको छ । यो रकम नेपाल प्रहरीले सञ्चालन गर्ने शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, खेलकुद, प्रकोप व्यवस्थापन, ट्राफिक सचेतना, प्रहरी परिवारलाई उद्यमशीलतासम्बन्धी कार्यका लागि प्रयोग गर्ने जनाइएको छ ।

कार्यकममा प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेल, बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी, विभागीय प्रमुख आनन्द सुवेदी, प्रबन्धक जितेन्द्रसिंह थापालगायतको उपस्थिति रहेको जनाइएको छ । 

बैंकको हाल देशका ७७ वटै जिल्लाका सदरमुकामसहित दुई सय ६५ शाखा, ५२ एक्सटेन्सन काउन्टर, दुई सय ६९ एटिएम र ९९ शाखारहित बैंकिङमार्फत सेवा दिइरहेको जनाइएको छ ।