Skip This
क्यानले छनोट गर्‍यो प्रारम्भिक २१ खेलाडी 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o७:१६:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

क्यानले छनोट गर्‍यो प्रारम्भिक २१ खेलाडी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o७:१६:oo

मूलपानी र कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा हुने एसिसी प्रिमियर लिगका लागि नेपाल क्रिकेट संघ (क्यान)ले २१ खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएको छ । प्रतियोगिता ५ वैशाखबाट आयोजना हुँदै छ । नेपालले पहिलो दिन त्रिवि क्रिकेट मैदानमा मलेसियाको सामना गर्नेछ । मुख्य प्रशिक्षक मोन्टी देसाई र क्यानको खेलाडी छनोट कमिटीले बुधबार २१ खेलाडीलाई प्रारम्भिक टोलीमा राखेका हुन् । आइसिसी विश्वकप लिग–२ मा प्रतिस्पर्धा गरेका अधिकांश खेलाडी नै प्रारम्भिक छनोटमा परेका छन् । यू–१९ टोलीका कप्तान देव खनालले सात महिनापछि पुनरागमन गरेका छन् । 

विश्वकप लिग– २ मा अनुभव बटुलिसकेका कप्तान रोहितकुमार पौडेलसँगै कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, भीम सार्की र प्रतिश जिसी टोलीमा छन् । यसैगरी, सन्दीप लामिछाने, सोमपाल कामी, ज्ञानेन्द्र मल्ल, करण केसी, गुल्सन झा, ललित राजवंशी, सूर्य तामाङ, किशोर महतो, देव खनाल, अर्जुन साउद, कमलसिंह ऐरी, श्याम ढकाल (मौसम), सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख र कुशल मल्ल टोलीमा छन् । 

एसिसी प्रिमियर कपको एक खेल नेपालले मूलपानी मैदानमा खेल्नेछ । समूह बीका सहभागी सबै सहभागी राष्ट्रले माथिल्लो मूलपानी क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्नेछन् । डेढ दशकपछि मूलपानी मैदानमा पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदै छ । प्रतियोगिताको समूह ‘ए’मा नेपालसहित मलेसिया, ओमान, कतार र साउदी अरेबिया छन् । समूह ‘बी’मा बहराइन, कुवेत, हङकङ, संयुक्त अरब इमिरेट्स (युएई) र सिंगापुर छन् । 

नियमअनुसार प्रत्येक समूहको शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताको विजेताले आगामी वर्ष पाकिस्तानमा हुने एसिया कपमा स्थान बनाउनेछ । एसिसी प्रिमियर लिगको विजेताले एसिया कपमा पाकिस्तान र भारत सम्मिलित समूहमा प्रतिस्पर्धा गर्नेछ । 

विजेताले एसिया कप खेल्ने
एसिसी प्रिमियर कप विजेताले पाकिस्तानमा सेप्टेम्बरमा हुने एसिया कप क्रिकेट प्रतियोगितामा खेल्न अवसर पाउनेछ । प्रिमियर कपको विजेताले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्नेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । एसिसी प्रिमियर कपमा सहभागी बहराइन र साउदी अरेबिया एसिसी च्यालेन्जर कपबाट छनोट भएका हुन् । एसिसी च्यालेन्जर कपमा साउदी विजेता र बहाराइन उपविजेता हुन् । एसिसीले एसिसी पुरुष प्रिमियर कपमा दुई समूह विभाजन गरेको छ । समूह ‘ए’मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन् । समूह ‘बी’मा युएई, हङकङ, कुवेत, सिंगापुर तथा बहराइन रहेका छन् । नेपाल र ओमानबीचको खेललाई आइसिसीले एकदिवसीय मान्यता प्रदान गरेको छ । 

नेपालको वरीयता यथावत्
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले बुधबार सार्वजनिक गरेको नयाँ एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल यथावत् रहेको छ । नेपाल १५औँ स्थानमा छ । नेपालले एक हजार दुई सय ३८ अंक तथा ३१ रेटिङ प्वाइन्ट प्राप्त गरेको छ । एसोसिएटतर्फको स्कटल्यान्ड १२औँ स्थानमा छ । एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा अस्ट्रेलिया शीर्ष स्थानमा उक्लिएको छ । भारत दोस्रो स्थानमा रहँदा न्युजिल्यान्ड तेस्रो, इंग्ल्यान्ड चौथो, पाकिस्तान पाँचौँ, दक्षिण अफ्रिका छैटौँ, बंगलादेश साँतौँ, श्रीलंका आठौँ, वेस्ट इन्डिज नवौँ र अफगानिस्तान १०औँ स्थानमा छन् ।