१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल प्रहरीका चार एआइजीको पदस्थापन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:२३:oo

गत साता बढुवा भएका नेपाल प्रहरीका चार अतिरिक्त महानिरीक्षक (एआइजी)को पदस्थापन भएको छ। मंगलबारको मन्त्रिपरिषद्को बैठकले पदस्थापनको निर्णय गरेको हो। 

एआइजी टेकप्रसाद राईको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, दीपक थापाको प्रशासन विभाग, श्यामलाल ज्ञवालीको काठमाडौं उपत्यका प्रहरी कार्यालय र किरण बज्राचार्यको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा पदस्थापन भएको छ। 

एआइजीको फुली लगाएको एक सातापछि उनीहरूले जिम्मेवारी पाएका हुन्। उनीहरू प्रशासन विभागमा हाजिर गर्दै आएका थिए।