१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत १५ बुधबार ११:३०:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

समरमा स्मार्ट देखिन यस्तो गेटअप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत १५ बुधबार ११:३०:००

गर्मी सुरु भइसकेको छ । यस मौसममा मानिसहरू जाडोको दाँजोमा ज्यादा फेसनेबल रहन रुचाउँछन् । अझ विशेषगरी किशोरी÷युवतीहरूको रहनसहनमा त मौसमले झनै परिवर्तन ल्याइदिन्छ । उनीहरूको खानपानदेखि पहिरन र हेयर स्टाइलसम्ममा बदलाव आउँछ । उनीहरू पक्कै ‘ओपन’ र ‘स्मार्ट’ देखिन चाहन्छन् । यद्यपि, गर्मी मौसममा बढी पसिना आउने र धुलो–धुवाँ पनि उत्तिकै उड्छ, जसले सुन्दरतामा ह्रास ल्याउन सक्छ । यसकारण सकेसम्म हलुका र ‘कुल’ ड्रेसअप गर्न आवश्यक हुन्छ । ‘फेसनेबल’ बन्ने नाममा शरीरलाई असर पर्ने खालका पहिरन लगाउनुहुँदैन । यसवेला कुनै पनि किसिमको संक्रमण चाँडै फैलिन सक्ने भएकाले सरसफाइ र खानपानमा ध्यान दिन जरुरी हुन्छ । 

मेकअप 
गर्मी मौसममा ‘वाटरप्रुफ मेकअप’ (पानीले नबिगार्ने) गर्न आवश्यक छ । पानी र पसिनाका कारण नबिग्रिने किसिमले मेकअप गर्नुपर्छ । सकभर ‘हेभी मेकअप’ गर्नुहुँदैन । आँखामा गाजलको सट्टा हल्का आइस्याडो, वाटरप्रुफ वा म्याट मस्कारा लगाउन सकिन्छ । बाहिर निस्कनुभन्दा आधा घन्टाअघि सनब्लक अनिवार्य लगाउनुपर्छ । त्यस्तै, मोस्चराइजरको प्रयोग पनि गर्न सकिन्छ । 

हेयर स्टाइल
गर्मीको मौसममा लामो कपाल पाल्दा झन्झटिलो हुन सक्छ । लामो समयसम्म बाँधेर हिँड्नुपर्ने भएकाले टुक्रिने डर हुन्छ । त्यसैले लामो कपाल हुनेले बाहिर हिँड्दा हलुकासँग बाँध्ने र घरमा रहँदा खुलै छाड्ने गर्दा राम्रो हुन्छ, जसले आकर्षक लुक्स पनि दिन्छ । 

गर्मी मौसममा बढी हावा चल्ने र धुवाँ–धुलो उड्ने भएकाले कपाल सुक्खा वा फुस्रो देखिन्छ । यसर्थ, स्टाइलिस कपाल रुचाउनेले छोटो कपाल अर्थात् ‘समर कट’ गर्दा उपयुक्त हुन्छ । यसले व्यवस्थापनमा सहजतासँगै फेसनेबल देखाउनसमेत मद्दत गर्छ ।

पहिरन र रङ
गर्मीमा धेरै पसिना आउने हुन्छ । त्यसैले पोलिस्टरको कपडा लगाउनु हुँदैन । यसो गर्दा पसिनाको दुष्प्रभावबाट केही हदसम्म बच्न सकिन्छ । बरु, सुतीको कपडा लगाएमा उत्तम हुन्छ । 

‘स्टाइलिस’ देखिने नाममा टाइट कपडा लगाउनु हुँदैन । यतिवेला खुला पहिरन लगाउँदा सजिलो हुनुका साथै गर्मीबाट समेत बच्न सघाउ पुग्छ । गर्मी मौसममा रंगीन कपडा लगाउनु हुँदैन । एकदमै रातो र कालो रङको कपडाले झनै बढी गर्मी हुन्छ । सेतो, हलुका निलो, पिंक (हलुका रङको) कपडाले ‘कुल’ देखाउन मद्दत गर्छ । 

घाममा हिँड्दा छाला डढ्ने भएकाले लामो बाहुला भएका हलुका लुगा लगाउनु ठीक हुन्छ । यस्ता लुगाले ‘ट्रेन्डी’समेत देखिन्छ । महिलाले स्कुटर चलाउँदा फुल स्लिप कपडा लगाउनु राम्रो हुन्छ । गर्मी मौसममा पर्याप्त पानी पिउनुपर्छ, जसले छालामा पनि चमक ल्याउन सहयोग गर्छ ।