१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत १५ बुधबार १०:५९:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत १५ बुधबार १०:५९:००

उसुलाई दुई भागमा छुट्याइएको छ, ‘थाउलु’ र ‘सान्सौँ’ । सान्सौँ फाइट इभेन्ट हो । यसमा खेलाडीको तौल समूहअनुसार प्रतिस्पर्धा हुन्छ । महिला–पुरुष दुवैले आफ्नै तौल समूहका प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्छन् । 

थाउलु प्रदर्शनी खेल हो । यसमा तरबार, लठ्ठी, भाला घुमाउने खेल हुन्छ । यस विधाअन्तर्गत प्रतिस्पर्धीबीच प्रत्यक्ष भिडन्त हुँदैन, सहभागीले आ–आफ्नो कला प्रदर्शन गर्छन् र उनीहरूले गरेको प्रदर्शनलाई नियालेर निर्णायकले विजेताको छिनोफानो गर्छन् । थाउलुभित्र पनि ‘छान छ्वान’, ‘नान छ्वान’, ‘थाइची छ्वान’ लगायत विभिन्न इभेन्ट छन् ।

आकर्षण र फाइदा : उसु खेलाडीले प्रयोग गर्ने ड्रेस निकै आकर्षक र महँगो पनि हुन्छ । खेलाडीले निश्चित मापदण्डअन्तर्गत आ–आफ्नो रोजाइका रंगिचंगी ड्रेस लगाउँछन् । त्यसैले उनीहरू ग्ल्यामरस देखिन्छन् । 

स्वास्थ्यका लागि उसु निकै आवश्यक खेल हो । आत्मरक्षा यसको पहिलो मन्त्र हो । यसले मानिसमा सकारात्मक सोच, शान्ति तथा शारीरिक र मानसिक विकास गराउँछ । उसुमा श्वासप्रश्वास सन्तुलित राख्ने गरी ध्यानकै शैलीमा विभिन्न टेक्निक प्रयोग गरिएको हुन्छ ।

उसुअन्तर्गत ‘थाइची छ्वान’ खेल विश्वमा पछिल्लो समय निकै लोकप्रिय छ । यसमा बलको धेरै प्रयोग हुँदैन । खेलाडीको मानसिक र शारीरिक फिटनेसमा जोड दिइन्छ, बाहिरबाट निकै हल्काजस्ता देखिने खेलाडी भित्रबाट मजबुत हुन्छन् ।