१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १५ बुधबार १०:४०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिद्धार्थ बैंकले बनायो आफ्नै बहुउद्देश्यीय भवन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १५ बुधबार १०:४०:००

सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशमा आफ्नै नवनिर्मित अत्याधुनिक भवनबाट कार्य सञ्चालन सुरु गरेको छ । नवनिर्मित भवनको बैंकका अध्यक्ष मनोजकुमार केडियाले उद्घाटन गरेका हुन् । 

कार्यक्रममा सञ्चालक समितिका सम्पूर्ण सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत एवं उच्च पदस्थ अधिकारी तथा विभिन्न संघ–संस्थाका प्रमुख एवं उद्योगी–व्यापारी समूहरूको उल्लेख्य उपस्थिति रहेको जनाइएको छ ।

बैंकले सभागृह चोकबाट सेवा प्रदान गर्दै आइरहेको पोखरा शाखालाई पनि उक्त भवनमा स्थानान्तरण गरेको जनाएको छ । अत्याधुनिक प्रविधिमैत्री बैंकिङमार्फत आमग्राहकसमक्ष उच्चस्तरीय सेवा प्रदान गर्ने उद्देश्य प्राप्तिमा नवनिर्मित भवनले सहजता प्रदान गर्ने बैंकले विश्वास व्यक्त गरेको छ । 

दृष्टिविहीनका लागि हल बनाउन ४० लाख सहयोग 
बैंकले दृष्टिविहीन विद्यार्थीका लागि बहुउद्देश्यीय हल निर्माण गर्न ४० लाख रुपैयाँ सहयोग गर्ने सम्झौता गरेको छ । सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्याल र विद्यालयका प्रधानाध्यापक तेजस्वी बरालले हस्ताक्षर गरेको जनाइएको छ ।

हस्ताक्षरपछि विद्यालयका प्रधानाध्यापक बरालले सिद्धार्थ बैंकले सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राखी देशको एक जिम्मेवार संस्थाका रूपमा विभिन्न सामाजिक कार्यहरूमा सधैँ अग्रसर रहँदै आइरहेको बताए ।

बैंकबाट प्राप्त उक्त सहयोग विद्यालयका लागि ठूलो महत्वको रहेको उनको भनाइ थियो । बैंकका अध्यक्ष मनोजकुमार केडियाले बैंकले विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको बताए । 

२० थान कम्प्युटर प्रदान
बैंकले नयाँ भवन उद्घाटनको अवसर पारेर अमरसिंह माध्यमिक विद्यालयलाई २० थान कम्प्युटर हस्तान्तरण गरेको जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयलाई कम्प्युटरका साथै आवश्यक सोलार, युपिएस र ब्याट्री प्रदान गरेको जनाइएको छ ।