
सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत छैटौँ प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको मंगलबार पहिलो दिन रवि खड्काले अग्रता लिएका छन् । पाँच अन्डर ६३ को उत्कृष्ट कार्डका साथ रविले शीर्ष स्थानमा दिनेश प्रजापतिलाई एक स्ट्रोकले पछि पारेका छन् । चार अन्डर ६४ सहित दिनेश प्रजापति दोस्रो स्थानमा छन् ।
भुवन नगरकोटी र दीपक थापामगरले दुई अन्डर ६६ स्कोर गर्दैै संयुक्त रूपमा तेस्रो स्थान बाँडेका छन् । एक अन्डर ६७ को स्कोर गरेका प्रोफेसनल भुवनकुमार रोक्का तथा एमच्योरद्वय सुवास तामाङ र सुरेश तामाङ संयुक्त रूपमा पाँचौँ स्थानमा छन् ।
यसैगरी, भेट्रान गल्फर रामे मगरले इभन पार खेल्दै ६८ स्कोर गरी आठौँ स्थान रक्षा गरे । रविले दिनको सुरुवात राम्रो गर्दै पहिलो होलमा बर्डी प्रहार गरेका थिए । उनले पाँच पारको चौथो होलमा इगल निकाल्दै फ्रन्ट नाइन तीन अन्डर ३१ स्कोर गरे । यसपछि १०औँ, १७औँ र १८औँ होलमा समान एक सट बचाउँदा १६औँ होलको बोगीले ब्याक नाइन दुई अन्डर ३२ स्कोर गरे ।