Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
दरबारमार्गस्थित महेन्द्रको सालिकअगाडि बन्दै गरेको सेतो मत्स्येन्द्रनाथको रथ । तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १५ बुधबार ०६:४७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सेतो मत्स्येन्द्रनाथको रथयात्रा आजबाट : पहिलो दिन करिब दुई सय महिलाले रथ तान्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १५ बुधबार ०६:४७:००

काठमाडौंमा पाँच दिनसम्म चल्ने सेतो मत्स्येन्द्रनाथको रथायात्रा (रथजात्रा) आजबाट सुरु भएको छ । बुधबार दिउँसो चार बजे मच्छिन्द्रबहालदेखि तीनधारा पाठशालासम्म र साँझ पाँचदेखि साढे ६ सम्म जमल, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म रथ तानेर जात्रा सुरु गरिनेछ । 

जात्रा अवधिभर सेतो मत्स्येन्द्रनाथको मूर्तिलाई रथमा राखेर विभिन्न ठाउँको परिक्रमा गराइन्छ । पहिलो दिन बहालदेखि तीनधारा पाठशालासम्म महिलाको नेतृत्वमा रथ तानेर जात्रा सुरु हुनेछ । करिब दुई सय महिलाले रथ तान्नेछन् । ०७५ सालबाट महिलाको नेतृत्वमा रथ तान्न थालिएको हो ।

ऐतिहासिक एवं परम्परागत रूपमा चलिआएको आर्यावलोकितेश्वर (सेतो मत्स्येन्द्रनाथ)को रथयात्राको सम्पूर्ण तयारी पूरा भएको सेतो मत्स्येन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिका उपसंयोजक गणपतिलाल श्रेष्ठले बताए । 

यस्तो हुनेछ रथयात्राको रुट
१५ चैत दिउँसो चार बजे मच्छिन्द्रबहालदेखि तीनधारा पाठशालासम्म, १५ चैत नै साँझ पाँचदेखि साढे ६ बजेसम्म जमल, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म रथ तानिनेछ । १६ चैत साँझ पाँचदेखि साढे ६ सम्म असन, बालकुमारी, केलटोल, इन्द्रचोक–मखन हुँदै हनुमानढोकासम्म, १७ चैतदेखि दिउँसो चारदेखि साँझ साढे ६ सम्म हनुमानढोका, जैशीदेवल, ज्याबहाल हुँदै लगनसम्म, १८ चैत साँझ साढे पाँचदेखि साढे ६ सम्म लगनमा रहेको आमारूख परिक्रमा गरिनेछ । 

१९ चैत साँझ साढे पाँचदेखि साढे ७ सम्म ज्याबहाल द्यः लँ, युतुननि, कोहिति, भीमसेनस्थान, मरु, यतखा, नरदेवी किलागल, भेडासिंह, केलटोल हुँदै मच्छिन्द्र्रबहालसम्मको खत जात्रा हुनेछ । रथ यात्राको रुट काठमाडौं महानगरपालिका १, १९, २०, २३, २४, २५, २७ र २८ गरी नौवटा वडा रहेका छन् ।