Read Time : < 1 मिनेट
२०७९ चैत १४ मंगलबार १७:१०:००
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस लिएको आरोपमा नापी कार्यालय मनमैँजुबाट दुईजनालाई पक्राउ गरेको छ। आयोगको टंगाल कार्यालयबाट खटिएको टोलीले लेखापढी व्यवसायी र सर्भेक्षकलाई पक्राउ गरेको हो।
मुक्तिनाथ कानुनी सेवाका लेखापढी गर्ने अभिषेक कार्की र सर्भेक्षक रमेश उपरकोटी कित्ताकाट गर्न सहजीकरण गरेबापत घुस लिएको आरोपमा पक्राउ परेका अख्तियारले जनाएको छ। उपरकोटी आफ्नै कार्यकक्षबाट र कार्की १ लाख ७५ हजारसहित लेखापढी कार्यालयबाट पक्राउ परेका हुन्।