१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १५:५२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

गुल्मेली क्रिकेटर कुमाललाई एक लाख सहयोग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:५२:oo

गुल्मेली क्रिकेटर अर्जुन कुमाललाई एक लाख ५० रुपैयाँ सहयोग प्राप्त भएको छ।

युएईमा सम्पन्न भएको आइसिसी यू- १९ पुरुष विश्वकप क्रिकेटको छनोट खेलमा नेपालको तर्फबाट सहभागी छत्रकोट गाउँपालिका– ५ का अर्जुन कुमाललाई चर्चित युटुबर मोहन बस्नेतको पहलमा विभिन्न व्यक्तिले प्रदान गरेको एक लाख ५० रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो। 

गुल्मीको पुर्कोट म्यालपोखरी घर भई अस्ट्रेलियामा कार्यरत विनोद कुँवरले ५० हजार, अस्ट्रेलियामै रहेका जयहरि थपलिया र दुर्गादेवी थपलियाले २० हजार ५०, तिलोत्तमा– ५ रुपन्देहीबाट अस्ट्रेलियामा कार्यरत विमल पाण्डेयले १० हजार र पवन पाण्डेले २० हजार गरेर संकलन गरेको एक लाख ५० हजार युटुबर बस्नेतले क्रिकेटर कुमाललाई हस्तान्तरण गरेका हुन्। 

उनले कुमालको उत्कृष्ट खेल प्रदर्शन र पारिवारिक विपन्नतासहितको भिडियो स्टोरी प्रकाशन गरेपछि प्राप्त सहयोग हस्तान्तरण गरेको बताए। बस्नेतले युटुबमार्फत विभिन्न विपन्न परिवार, गम्भीर प्रकारका रोग लागेका व्यक्तिलाई सहयोग गर्दै आएका छन्।

अर्जुन कुमाललाई  छत्रकोट गाउँपालिका, उद्योग वाणिज्य संघ र खेलकुद विकास समितिले नगदसहित सम्मान गरेका छन्।