१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
रासस बर्लिन
२०७९ चैत १४ मंगलबार १३:४०:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

रुस–युक्रेन युद्ध : बर्लिनद्वारा किभलाई लियोपार्ड– २ ट्यांक प्रदान

Read Time : < 1 मिनेट
रासस, बर्लिन
२०७९ चैत १४ मंगलबार १३:४०:००

जर्मनीले युक्रेनलाई लियोपार्ड– २ ट्यांक प्रदान गरेको छ । युक्रेनलाई हतियार सहायता गर्ने प्रतिबद्धताअनुसार लियोपार्ड– २ ट्यांकको पहिलो खेप किभ पठाइएको जर्मनीको रक्षा मन्त्रालयले जनाएको छ ।

युक्रेनी टोलीलाई लियोपार्ड– २ ट्यांक प्रयोग र  सञ्चालनको प्रशिक्षण दिएपछि पहिलो खेपमा १८ वटा अत्याधुनिक युद्ध ट्यांक पठाइएको रक्षामन्त्री बोरिस पिस्टोरियसले बताएका छन् । गत जनवरीमा जर्मनीले युक्रेनलाई लियोपार्ड– २ ट्यांक प्रदान गर्ने आश्वासन दिएको थियो ।

‘हाम्रा युक्रेनी साथीहरूले ट्यांक प्राप्त गर्नुभएको छ । लामो समयसम्म हाम्रो सेनाले युक्रेनी पक्षलाई ट्यांक प्रयोग र सञ्चालनको प्रशिक्षण दिएको थियो,’ रक्षामन्त्री पिस्टोयिसले भनेका छन् ।

किभबाट प्राप्त समाचारअनुसार बेलायतले प्रदान गरेका च्यालेञ्जर– २ ट्यांक पनि युक्रेन पुगेका छन् । गत वर्ष रुसले आफूमाथि आक्रमण गरेपछि युक्रेनले आफ्ना समर्थक मुलुकसँग थप आधुनिक सवारीसाधन र हतियार माग गर्दै आएको थियो । 

बेलायतबाट आफूलाई लियोपार्ड– २ प्राप्त भएको सम्बन्धमा किभले कुनै जानकारी नदिए पनि च्यालेञ्जर– २ ट्यांक प्राप्त गरेको पुष्टि गरेको छ ।

बेलायतको रक्षा मन्त्रालयका प्रवक्ता इरिना जोलोटारले च्यालेञ्जर– २ ट्यांक युक्रेन पुगेका जानकारी दिँदै युक्रेनी सैन्य टोलीले ट्यांक सञ्चालनको तालिम बेलायतमा लिएको बताइन् । यद्यपि, उनले लियोपार्ड– २ बारे कुनै जानकारी दिएकी छैनन् ।