मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत १४ मंगलबार ११:०८:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

आज सुनको मूल्य प्रतितोला एक हजारले घट्यो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत १४ मंगलबार ११:०८:००

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला एक हजार रुपैयाँले घटेको छ ।  अघिल्लो दिन प्रतितोला एक लाख नौ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज  एक लाख आठ हजार रुपैयाँ तोकिएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला  एक लाख सात हजार पाँच सय तोकिएको छ ।  अघिल्लो दिन यसको मूल्य एक लाख आठ हजार पाँच सय थियो ।  

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला  पाँच रुपैयाँले घटेर  एक हजार तीन सय ५५ मा आएको महासंघले जनाएको छ । महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।