१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १ मंगलबार १o:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

चित्रकलाले बढाउँछ सिर्जनात्मक क्षमता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १o:१६:oo

हिजोआज मानिसहरू दौडधुपमै समय बिताइरहेका हुन्छन् । कामको तनाव, दौडधुप र भविष्यको चिन्ताका कारण धेरैको निद्रा बिग्रिरहेको हुन्छ । व्यस्तताबीच पनि केही रचनात्मक हुन सकियो भने मुड फ्रेस रहन्छ । 

मानिसलाई सिर्जनात्मक र तनावमुक्त बनाउने एउटा सशक्त माध्यम चित्रकला हो । फुर्सदको समय चित्र कोर्ने बानी बसाल्दा तनाव कम हुन्छ र दिमागले नकारात्मक कुराहरू सोच्न पाउँदैन । चित्रकला अभिव्यक्तिको एक सशक्त स्वरूप हो । यसले मानिसलाई उनीहरूको भावना र विचारहरू अभिव्यक्त गर्न सहयोग गर्छ । रङको आफ्नै अर्थ र भाव हुन्छ । त्यसले मनलाई ऊर्जाशील र रचनात्मक बनाउँछ । स्वतन्त्रताको प्रत्याभूति दिलाउँछ । मस्तिष्कलाई वर्तमानसँग जोड्छ र त्यसैमा घोत्लिन प्रेरित गर्छ । 

चित्रकलाले समस्या समाधान गर्ने सीपलाई पनि बढावा दिन्छ । त्यस्तै, मानिसमा आत्मशान्ति, आत्मसम्मान र आत्मविश्वास बढाउँछ । 

बालबालिकालाई पेन्टिङ सिकाउनाले उनीहरूको समग्र विकासमा फाइदा पुग्छ । आँखा र हातबीचको संयोजन राम्ररी विकास हुन पाउँछ । चित्रकलालाई सम्मानजनक पेसाको रूपमा लिन सकिन्छ । यसले भावनात्मक बौद्धिकता, आत्मजागरण र आत्मविश्वास वृद्धि गर्छ । धैर्यशील बन्न सहयोग गर्छ । ध्यानशक्ति विकास हुन्छ । चित्रकला प्रदर्शनीमा गएर प्रत्यक्ष रूपमा चित्रकलाको भावलाई बुझ्न र अनुभूत गर्न सकिन्छ । बालबालिकालाई चित्रकला प्रदर्शनीमा लैजाने र अन्यसँग अन्तक्र्रिया गराउने कार्यले सामाजिक बन्न र टिमवर्कमा विश्वास गर्न सिकाउँछ । कला र संस्कृतिप्रति सम्मान भाव बढाउँछ । 

ad
ad