मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ चैत १४ मंगलबार
  • Wednesday, 02 September, 2026
२o७९ चैत १४ मंगलबार o९:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिकार खेल्ने क्रममा ताप्लेजुङमा एकजनाको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत १४ मंगलबार o९:५६:oo

सिकार खेल्ने क्रममा ताप्लेजुङमा एकजनाको ज्यान गएको छ । आठराई त्रिवेणी गाउँपालिका- ३ हाङपाङमा सिकार खेल्ने क्रममा आफ्नै साथी ५२ वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ५८ वर्षीय ललित गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार सोमबार राति करिब १० बजे कालीदह जंगलमा सिकार खेल्ने क्रममा बन्दुकको छर्रा लागेर गुरुङको मृत्यु भएको हो। घटनालगत्तै हाङपाङ प्रहरी चौकीको टोलीले वीरबहादुरलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको छ।

शवको कानुनी प्रक्रिया पूरा गर्नका लागि दोभान इलाका प्रहरी कार्यालयको टोली घटनास्थलमा खटिसकेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए। कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि सदरमुकाम ल्याइनेछ। घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।