मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २६ शुक्रबार
  • Friday, 09 June, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १३ सोमबार १९:३७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खल्ती वालेटका दुई कर्मचारी पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १३ सोमबार १९:३७:००

कम्पनीको रकम हिनामिना गरेको आरोपमा मोबाइल वालेट कम्पनी ‘खल्ती’का दुईजना कर्मचारी पक्राउ परेका छन्। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सन्देश स्वाँर र अनिल कार्की नाम गरेका कर्मचारीलाई पक्राउ गरेको हो। उनीहरूमाथि करिब ७० लाख रुपैयाँ हिनामिनाको आरोप छ।

कम्पनीले नै दिएको उजुरीका आधारमा उनीहरू पक्राउ परेको सिआइबीले जनाएको छ। मोबाइल वालेटमा होल्डमा हुने कारोबारको हिसाब मिलाउन बनाइएको फन्डको रकम उनीहरूले डिजिटल कारोबारमार्फत आफूले प्रयोग गरी कम्पनीलाई ठगी गरेको कम्पनीको आरोप छ।

ठूलो रकम हिनामिना भएपछि कम्पनीले प्रहरीमा उजुरी गरेको थियो। गत साता पक्राउ परेका उनीहरूविरुद्ध ठगी तथा आपराधिक विश्वासघात मुद्दामा अनुसन्धान अघि बढाएको सिआइबीका एसपी सञ्जयसिंह थापाले बताए।